शुक्र, ०१ जेठ २०८३ / May 15, 2026, Friday
शुक्र, ०१ जेठ २०८३
Advertisement
banner add

बजेट अभावको विरोधमा वडाध्यक्ष रिजालको धर्ना

banner add
writter
शुक्र, ०१ जेठ २०८३
(Shares)

सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल प्रदेश सरकारको ध्यानाकर्षण गराउन धर्नामा बसेका छन्। उनीसँगै वडासदस्य विर्घाबहादुर राना पनि कर्णाली प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आन्दोलनमा सहभागी भएका हुन्।

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित रिजाल अहिले आफ्नै दलबाट मुख्यमन्त्री बनेका यामलाल कँडेल विरुद्ध सडक आन्दोलनमा उत्रिएका हुन्।

घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरोन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि प्रदेश सरकारले चासो नदिएको भन्दै उनले धर्ना सुरु गरेको बताएका छन्।

उनका अनुसार सडकको अवस्था कमजोर हुँदा स्थानीय नागरिकले लामो समयदेखि सास्ती भोगिरहेका छन्। यातायात सञ्चालनमा कठिनाइ हुनुका साथै दैनिक जनजीवनसमेत प्रभावित बनेको उनले बताए।

आफ्ना मागप्रति प्रदेश सरकारले ठोस निर्णय नगरेसम्म आन्दोलन जारी रहने वडाध्यक्ष रिजालको चेतावनी छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर