काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा तत्काल पूर्ण रूपमा मौसम खुल्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भइरहने अनुमान गरिएको हो।
मौसमविद् बिनु
महर्जनका अनुसार बीच–बीचमा घाम लागे पनि मौसम पूर्ण रूपमा सफा हुन अझै केही दिन
लाग्न सक्छ। उनका अनुसार कोशी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी
क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जनसहित
पानी पर्न सक्ने अनुमान गरिएको छ।
विभागले पश्चिमी
भूभागमा भने वर्षा क्रमशः कम हुँदै जाने जनाएको छ।
मंगलबार र बुधबार
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली
रहनेछ। अन्य क्षेत्रहरूमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ।
यस्तै, पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा हावाहुरी
चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।