काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।
मौसमविद्हरूका अनुसार आज देशका पश्चिमी र मध्य क्षेत्रका पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।