निगरानी ब्यूरो । नेपालमा लागूऔषध कारोबार
दिनप्रतिदिन संगठित अपराधको रूप लिँदै गएको छ। सीमावर्ती क्षेत्र हुँदै ठूलो
परिमाणमा लागुऔषधको ओसारपसार, अन्तरदेशीय गिरोहको सक्रियता र पक्राउबाट बच्न अपराधीहरूले
प्रहरीमाथि नै आक्रमण गर्न थालेका घटनाले सुरक्षा चुनौती थप गम्भीर बनाएको छ।
बिसम् परिस्थितिमा लागूऔषध नियन्त्रण
ब्यूरोले गोली किन चलाउनुपर्यो? के त्यसको आवश्यकता थियो? कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका तथा
झुम्का कारागारबाट फरार भएका निज महमद नसरीर मियालाई पक्राउ गर्ने क्रममा लागूऔषध
नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो। मियाँ झुम्का
कारागारबाट जेन्जी आन्दोलनका क्रममा फरार भएका थिए। प्रहरीका अनुसार; मिया पछिल्लो समय पुनःलागूऔषध
कारोबारमा सक्रिय रहेको सूचनाका आधारमा पक्राउ गर्न खोज्दा प्रतिरोध र भाग्ने
प्रयास गरेपछि नियन्त्रणमा लिन गोली चलाउनु परेको स्रोतले बतायो।
प्रहरीको प्राथमिक जिम्मेवारी अपराध
नियन्त्रण गर्नु र नागरिकको सुरक्षा गर्नु हो। कानुनले स्पष्ट रूपमा जीवनरक्षा, आत्मरक्षा वा गम्भीर
अपराध नियन्त्रणका क्रममा अन्य विकल्प असफल भएपछि मात्र न्यूनतम आवश्यक बल प्रयोग
गर्न अनुमति दिन्छ। त्यसैले गोली चलाइएको घटनामा वास्तविक सत्य बाहिर आएको छ ।
यदि अभियुक्तले प्रहरीमाथि आक्रमण गरेको, हतियार प्रयोग गरेको वा पक्राउबाट भाग्न खोज्दै जनजीवनलाई जोखिममा पारेको अवस्था थियो भने प्रहरीको कदम कानुनी रूपमा जायज हुन सक्छ ।
लागुऔषधको अवैध कारोबार सामान्य अपराध होइन। यसले
युवापुस्तालाई कुलतमा धकेल्ने, परिवार विखण्डन गर्ने, आर्थिक अपराध बढाउने र अन्तर्राष्ट्रिय आपराधिक सञ्जाललाई
बलियो बनाउने काम गर्छ।
अपराध नियन्त्रणका लागि प्रहरीलाई
आवश्यक स्रोत, प्रविधि र कानुनी
संरक्षण आवश्यक छ। साथै, प्रहरीले प्रयोग गर्ने बल कानुन, मानवअधिकार र व्यावसायिक आचारसंहिताभित्रै सीमित हुनुपर्छ।
गोली चलेको घटनापछि समाजमा दुई प्रकारका प्रतिक्रिया देखिन्छन्। एक पक्षले अपराध नियन्त्रणका लागि कडा कदम आवश्यक भएको बताउँछ भने अर्को पक्षले बल प्रयोगको औचित्यमाथि प्रश्न उठाउँछ।
लोकतान्त्रिक
समाजमा दुवै पक्षका प्रश्न जायज हुन्। त्यसैले सत्यतथ्य सार्वजनिक गर्नु, घटनाको निष्पक्ष
अनुसन्धान गर्नु र दोषी जो भए पनि कानुनअनुसार कारबाही गर्नु राज्यको दायित्व हो।
लागूऔषधविरुद्धको लडाइँ केवल प्रहरीको मात्र जिम्मेवारी होइन आम नागरिकको पि उतिकै जिम्मेवारी हुन्छ र हुनुपर्छ। परिवार, विद्यालय, समुदाय, स्थानीय सरकार र राज्यका सबै निकायको साझा प्रयास बिना यो समस्या समाधान हुन सक्दैन।
प्रहरीलाई
समर्थन दिँदै कानुनी उत्तरदायित्व पनि सुनिश्चित प्रहरीले अति संवेदनशील परिस्थितिमा धैर्य, संयम र कानुनी प्रक्रियालाई प्राथमिकतामा राखेर मात्र बल
प्रयोग गर्छ।अपराध नियन्त्रण गर्दै नागरिकको जीवन रक्षा गर्नु नै राज्यको सबैभन्दा
ठूलो सफलता हो।