मङ्गल, २७ असोज २०८३ / October 13, 2026, Tuesday
मङ्गल, २७ असोज २०८३
Advertisement
banner add

दसैँअघि अर्थका ८५ उपसचिवको सरुवा

banner add
writter
मङ्गल, २७ असोज २०८३
(Shares)

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका ८५ जना उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयको असोज २३ गतेको निर्णयअनुसार असोज २६ मा सरुवासम्बन्धी विवरण सार्वजनिक गरिएको हो।

सरुवामा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा देशभरका विभिन्न आन्तरिक राजस्व र भन्सार कार्यालयमा कार्यरत अधिकारीहरू समेटिएका छन्।

आन्तरिक राजस्व विभागमा नौ जना उपसचिवलाई निर्देशकको जिम्मेवारी दिइएको छ भने भन्सार विभागमा चार जनालाई निर्देशकका रूपमा सरुवा गरिएको छ। विभिन्न करदाता तथा भन्सार कार्यालयका प्रमुखहरूको जिम्मेवारीसमेत हेरफेर भएको छ।

८५ जना उपसचिवको नाम, साविकको कार्यालय र नयाँ पदस्थापनसहितको आधिकारिक सूची अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित छ।

ads
ads
add
banner add

सम्बन्धित खबर