शुक्र, १३ कात्तिक २०८३ / October 30, 2026, Friday
शुक्र, १३ कात्तिक २०८३
Advertisement
banner add

नेपाल बारद्वारा प्रधानन्यायाधीशसँग जोडिएको विवादबारे निष्पक्ष छानबिनको माग

banner add
writter
बिहि, १२ कात्तिक २०८३
(Shares)

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ।

बिहीबार जारी विज्ञप्तिमा बारले सञ्चारमाध्यममा सार्वजनिक विवरणले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयताबारे प्रश्न उठाएको जनाएको छ।

एसोसिएसनले सार्वजनिक आरोपलाई नै दोष प्रमाणित भएको निष्कर्ष मान्न नमिल्ने स्पष्ट पार्दै तथ्य र प्रमाणका आधारमा छानबिन गर्नुपर्नेमा जोड दिएको छ।

आरोप पुष्टि भए पद वा हैसियतको परवाह नगरी कानुनअनुसार कारबाही गर्नुपर्ने र पुष्टि नभए सम्बन्धित व्यक्तिको प्रतिष्ठा तथा संस्थागत मर्यादा कायम राख्न तथ्य स्पष्ट पार्नुपर्ने बारको माग छ।

ads
ads
add
banner add

सम्बन्धित खबर