बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

राजापुरका मेयरले दुर्व्यवहार गरेको भन्दै ब्याडमिन्टन खेलाडीद्वारा आपत्ति

banner add
writter
सोम, २० असोज २०८२
(Shares)

स्थानीय सरोकार/बर्दिया । बर्दियाको राजापुर नगरपालिकाका मेयरमाथि स्थानीय ब्याडमिन्टन खेलाडीहरूले दुर्व्यवहार गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन्।

राजापुर नगरपालिका– ५, कौवा बजारमा रहेको कभर्डहलमा ब्याडमिन्टन खेल्न गएका खेलाडीलाई नगरप्रमुख थारूले दुर्व्यवहार गरी कभर्डहलबाट निकालेका हुन्।

खेलाडीहरूको भनाइअनुसार खेलकुद कार्यक्रमको क्रममा मेयरले सार्वजनिक रूपमा असम्मानजनक व्यवहार गरेको र खेलकुदको सम्मान घटाउने किसिमका अभिव्यक्ति दिएका थिए।

खेलाडीहरूले यस्तो व्यवहारले खेल क्षेत्रको मनोबलमा नकारात्मक असर पर्ने भन्दै नगरपालिकाबाट माफी माग्न माग गरेका छन्। उनीहरूले नगरपालिकालाई खेलमैत्री वातावरण निर्माण गर्न र खेलाडीको सम्मान जोगाउन आग्रह गरेका छन्।

यसबारे मेयर पक्षले भने आरोप अस्वीकार गर्दै घटनाको तथ्य अन्वेषणपछि मात्र निष्कर्षमा पुग्नुपर्ने प्रतिक्रिया दिएका छन्।

कभर्डहल नगरप्रमुख वा कसैको निजी सम्पत्ति नभएर नगरवासीको साझा सम्पत्ति भएको उल्लेख गर्दै भनिएको छ ।

‘खेलाडीहरूलाई अपमानजनक र धम्कीपूर्ण व्यवहार गर्नु पूर्णरूपमा निन्दनीय र गैरकानुनी कार्य हो। मदिरा सेवन गरेर सार्वजनिक खेल पूर्वाधारमा यस्तो कार्य गर्नु नगरप्रमुखको मर्यादाविपरीतको घटना हो।’

असोज ४ गते साँझ दुर्व्यवहार भएपछि ब्याडमिन्टन खेलाडीहरू कभर्डहलमा जान छाडेका छन्। नगरप्रमुखले सत्ता र शक्तिको दुपयोग गरी घरनजिक कभर्डहल बनाएको भन्दै स्थानीय स्तरमा विरोधसमेत हुने गरेको थियो।

राजापुरमा पछिल्ला वर्षहरूमा ब्याडमिन्टन लोकप्रिय खेलको रूपमा विकसित हुँदै आएको छ, र स्थानीय खेलाडीहरूले विभिन्न जिल्लास्तरीय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर