आइत, ०८ कात्तिक २०८३ / October 25, 2026, Sunday
आइत, ०८ कात्तिक २०८३
Advertisement
banner add

दशरथचन्द नगरपालिकाले दियो शुक्ल नवमीका दिन सार्वजनिक बिदा

banner add
writter
मङ्गल, ११ कात्तिक २०८२
(Shares)

स्थानीय सरोकार/बैतडी । त्रिपुरास्थित श्री त्रिपुरा सुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल नवमीका दिन लाग्ने जात्रा मेला यस वर्ष २०८२ साल कार्तिक १३ गते पर्न गएकोले, सो दिन नगरपालिका मातहत रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था र शैक्षिक संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ । 

शुक्ल नवमीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले सांस्कृतिक र धार्मिक महत्वका कारण सो दिन बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाका प्रवक्ताका अनुसार शुक्ल नवमीको दिन देवी पूजा, व्रत तथा धार्मिक अनुष्ठानमा सहभागी हुने अवसर प्रदान गर्नका लागि बिदा दिइएको हो।

यसअघि पनि नगरपालिकाले स्थानीय सांस्कृतिक पर्वहरूको संरक्षणका लागि विशेष अवसरमा बिदा दिने परम्परा कायम गर्दै आएको छ। निर्णयअनुसार बिदाका दिन सरकारी तथा सामुदायिक विद्यालय, कार्यालय र बैंकहरू बन्द रहने छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर