स्थानीय सरोकार/ललितपुर । स्थानीय स्वायत्त शासनको प्रभावकारिताको मूल्याङ्कन गर्ने एउटा महत्वपूर्ण सूचक हो । Financial Responsibility Assessment (FRA) । यो परीक्षणले कुनै पनि स्थानीय तहले आफ्नो स्रोत परिचालन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनलाई कत्तिको व्यवस्थित ढंगले अघि बढाएको छ भन्ने कुराको प्रतिविम्ब दिन्छ। हालै सम्पन्न आ.व. २०८०/८१ को मूल्याङ्कनमा ललितपुर महानगरपालिका FRA मा उत्कृष्ट बनेको छ ।
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FIDUCIARY RISK ASSESSMENT) मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ प्रतिशत, वित्तीय जोखिम मूल्यांकन ९९.५ प्रतिशत र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकन ७४.७१ प्रतिशत रहेको बताएको छ । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्षमा महानगरपालिकाले चालु खर्च ८५.३२, राजश्व संकलन ७५ प्रतिशत र बेरुजु ०.५२ प्रतिशत रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ प्रतिशत, वित्तीय जोखिम मूल्यांकन ९९.५ प्रतिशत र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकन ७४.७१ प्रतिशत रहेको बताएको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार, प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार र सामाजिक सुरक्षा र सशर्त अनुदानतर्फ १ अर्ब ६३ करोड ६१ लाख विनियोजन गरेको छ ।
वित्तीय अनुशासनमा महानगरपालिकाले आन्तरिक आय वृद्धिमा जोड दिएको छ। कर संकलन प्रणालीलाई प्रविधिमैत्री बनाइ, अनलाइन भुक्तानीको सुविधा थपेको छ।
पारदर्शिता र जवाफदेहिता वार्षिक बजेट, तिमाही प्रगति प्रतिवेदन र खर्च विवरण सार्वजनिक गर्ने प्रचलनलाई निरन्तरता दिइएको छ। यसले नागरिकमा विश्वास बढाएको छ ।
स्रोत परिचालनमा संघीय तथा प्रदेश सरकारका अनुदानसँगै आफ्नै स्रोतबाट राजस्व बढाउनेतर्फ महानगरले प्राथमिकता दिएको छ। यो वित्तीय स्वावलम्बनतर्फको ठूलो कदम हो ।
नागरिक सहभागिता अन्य स्थानीयतह मध्ये बजेट निर्माणदेखि योजना छनोटसम्म नागरिकलाई सहभागी गराइएको छ। यसले नीतिहरु जनमुखी बनेको देखिन्छ।
FRA सफलता दिलाउने प्रमुख आधारहरू
- आन्तरिक आय वृद्धिः कर संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत सजिलो र पारदर्शी बनाएको।
- पारदर्शी खर्चः वार्षिक बजेट, खर्च विवरण र प्रगति प्रतिवेदनलाई नागरिकसँग साझा गरेको।
- वित्तीय व्यवस्थापनः उपलब्ध स्रोतलाई प्राथमिकता प्राप्त क्षेत्रमा खर्च गर्दै वित्तीय अनुशासन कायम राखेको।
- नागरिक सहभागिताः योजना छनोटदेखि बजेट कार्यान्वयनसम्म सर्वसाधारणलाई सहभागी गराएको।
ललितपुर महानगरपालिकाको FRA सफलता सम्पूर्ण स्थानीय सरकारका लागि प्रेरणा हो। पारदर्शी वित्तीय व्यवस्थापन र जिम्मेवार शासन सम्भव छ भन्ने उदाहरण यसले देखाएको छ। अब अन्य नगर–गाउँपालिकाले पनि यसबाट सिकेर आफ्ना वित्तीय अभ्यासलाई सुदृढ गर्नुपर्छ।
यो खबर स्थानीय सरोकार पत्रका असोज अंकमा छापिएको छ ।