बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

ढोरपाटनका मेयर नेपाली विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक अर्ब ५८ करोड विगो मागदाबी

banner add
writter
शनि, २५ असोज २०८२
(Shares)

स्थानीय सरोकार/बाग्लुङ । स्थानीय तहका जनप्रतिनिधिहरू विकास र जनसेवाको प्रतीक मानिनुपर्ने हो । तर पछिल्लो समय केही मेयरहरू आफ्नै पदको दुरुपयोग गरी जनताको विश्वासमाथि घात गरिरहेका उदाहरणहरू सार्वजनिक भइरहेका छन् । तिनैमध्ये एक हुन्—मेयर नेपाली, जसले विभिन्न योजनाका नाममा दुई अर्बभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ ।

बाग्लुङको जिल्ला सरकारी वकिलको कार्यालयले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ । नेपाली विरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदाबी सहित सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो ।

जाँचका क्रममा नेपालीको नाममा मात्रै नभई परिवार र नातेदारका नाममा समेत ४४ ठाउँमा घरजग्गा र सम्पत्ति दर्ता गरिएको पाइएको छ । सार्वजनिक पदमा रहेर सम्पत्तिको यस्तो अस्वाभाविक वृद्धि केवल व्यक्तिगत स्वार्थ र भ्रष्टाचारको परिणाम हो भन्नेमा शंका छैन ।

प्रहरी र अख्तियार दुवै निकायले यस मामिलामा गम्भीरता देखाए पनि, अन्ततः न्यायिक प्रक्रियामा ढिलासुस्ती हुने परिपाटी फेरि दोहोरिन सक्ने चिन्ता जनतामा छ । यस्ता मामिलामा समयमै कारबाही नभए भ्रष्टाचारको जरो अझ गहिरो बन्छ ।

स्थानीय तहमा जनताको विश्वास फिर्ता ल्याउन, यस्तो आर्थिक अपराधमा संलग्न जनप्रतिनिधिलाई उदाहरणीय सजाय दिनु अपरिहार्य छ । सरकारी निकायले न त राजनीतिक दबाबमा झुक्नुपर्छ, न त जाँच प्रक्रिया कमजोर पार्न ।

अब समय आएको छ । —“जनसेवामा चुस्त, भ्रष्टाचारमा शून्य सहनशीलता” को नारा व्यवहारमा उतार्ने । स्थानीय तहलाई शुद्ध, पारदर्शी र जवाफदेही बनाउने जिम्मेवारी राज्यसँगै नागरिक समाज र मिडियाको पनि बराबरको हुनुपर्छ ।

मेयर नेपाली हाल सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । उनीमाथि बाग्लुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ ।

यसअघि मेयर नेपालीविरुद्ध सहकारी ठगीमा अभियोजन दर्ता भएकोमा सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनका आधारमा थप मुद्दा चलाइएको हो । मेयर नेपालीले बागलुङ र पोखराका गरी इमेज सहकारीको करिव दुई अर्ब रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो । प्रहरी अनुसन्धानका लागि नेपालीलाई शनिबार बागलुङबाट पोखरा ल्याइएको थियो ।

इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली गत जेठ महिनादेखि फरार अर्थात शक्तिको आडमा लुकेर बसेका थिए। उनीविरुद्ध बचतकर्ताको ठूलो रकम हिनामिना गरेको आरोप बचतकर्ताको छ । उनीसहित सहकारीका ११ पदाधिकारीले दुई अर्ब दुई करोडभन्दा बढि रकम हिनामिना गरेको आरोप छ ।

सहकारीमा बचतकर्ताको रकम ठगी गरेको उक्त मुद्दा अहिले बाग्लुङ जिल्ला अदालतमा विचाराधीन छ । उनसहित सहकारीका सञ्चालकहरुविरुद्ध अर्ब ३८ करोड बिगोदाबीसहित मुद्दा दायर भएको थियो । बाग्लुङ जिल्ला अदालतले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए । प्रहरीले मेयर नेपालीसहित उक्त सहकारीको रकम हिनामिना गरेका सात जना आरोपीहरुको खोजी तीब्र पारेको थियो ।

प्रहरीले आफ्नो खोजी तीब्र पारेपछि मेयर नेपालीले छ महिनापछि सामाजिक सञ्जालमार्फत बचतकर्ताहरुको वचत फिर्ता गर्ने प्रतिवद्धता पनि जनाएका थिए। सबै वचतकर्ताहरुको बचत रकम आफू र आफ्नो श्रीमतीको नाममा भएको सम्पत्ति बेचेर तिर्ने प्रतिवद्धता जनाउँदै उनले त्यसका लागि वातावरण बनाइदिन समेत सामाजिक सञ्जालमार्फत आग्रह गर्दै आएका थिए । उनले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्तिसमेत सार्वजनिक गरे ।

तत्तकालिन फरार रहेका मेयर नेपालीले सार्वजनिक गरेको सम्पत्ति अनुसार उनको र उनको श्रीमतीको नाममा देशका विभिन्न स्थानमा ४४ ठाउँमा घरजग्गा रहेको छ । उनको बागलुङ, पोखरा र काठमाडौंमा गरी १८ वटा घर रहेको छ । सोही जिल्लाको अन्य २६ ठाउँमा जग्गा रहेको छ ।

उनले सार्वजनिक गरेको विवरणअनुसार उनी र उनको श्रीमतीको नाममा बागलुङको ढोरपाटन नगरपालिकाभित्रै २९ स्थानमा घरजग्गा छ । त्यसैगरी सोही जिल्लाको बागलुङ नगरपालिकामा चार ठाउँमा र कास्कीको पोखरा महानगरपालिकामा ६ ठाउँमा र काठमाडौंभित्र विभिन्न स्थानमा छ ठाउँमा घरजग्गा रहेको उनले विवरण सार्वजनिक गरेका छन् ।

मेयर नेपालीविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा ५२५ जना र बागलुङमा १ हजार ५ सय ४३ जना बचतकर्ताले उजुरी दिएका थिए । उनी नेकपा (एमाले) बाट निर्वाचित मेयर हुन् ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर