मङ्गल, २६ साउन २०८३ / August 11, 2026, Tuesday
मङ्गल, २६ साउन २०८३
Advertisement
banner add

जग्गा रोक्का गरिदिने भन्दै ४० हजार घुस लिने नासु कँडेल रङ्गेहात पक्राउ

banner add
writter
मङ्गल, २६ साउन २०८३
(Shares)

काठमाडौँ । जग्गा रोक्का गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिएको आरोपमा एक नायब सुब्बा (नासु) रङ्गेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम लिइरहेको अवस्थामा नासु कँडेललाई नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा (नासु) ज्ञानराज कँडेललाई ४० हजार रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ।

अख्तियारका अनुसार कँडेलले जग्गा रोक्का राख्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए। यस सम्बन्धमा आयोगमा उजुरी परेपछि पोखराबाट खटिएको विशेष टोलीले निगरानी तथा अनुसन्धान गरेको थियो।

आयोगका अनुसार सेवाग्राहीको जग्गा रोक्का गरिदिने कामका लागि उनले ४० हजार रुपैयाँ मागेका थिए। सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कँडेलमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर