मङ्गल, २१ असोज २०८२ / October 7, 2025, Tuesday
मङ्गल, २१ असोज २०८२
Advertisement
banner add

नेपाललाई पाकिस्तानले दियो १४५ रनको लक्ष्य

writter
शुक्र, ०६ भदौ २०८२
(Shares)

काठमाडौं । अष्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजमा पाकिस्तानको सहिन्सले नेपालसामु १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । डार्विनको मरार क्रिकेट मैदान २ मा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको हो । पाकिस्तानका लागि अब्दुल समादले २७ र यासिर खानले १८ रन बनाए । क्याप्टेन इरफान खानले नटआउट ४२ र मोहमद वासिमले २३ रनको योगदान गरे ।

पाकिस्तानले अन्तिम ५ ओभरमा ६१ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले ३, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए । कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । सन्दीप लामिछानेले आफ्नो स्पेलमा २८ रन दिएपनि विकेट भने लिन सकेनन् । एक जना रनआउट भए ।

जारी प्रतियोगितामा नेपालको यो अन्तिम लिग खेल हो । ५ खेलबाट ४ अंक भएको नेपाललाई सेमिफाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ । जारी खेलमा पाकिस्तान विजयी भए सेमिफाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ । पाकिस्तानको ६ अंक छ ।

ads

सम्बन्धित खबर