बिहि, ०४ भदौ २०८३ / August 20, 2026, Thursday
बिहि, ०४ भदौ २०८३
Advertisement
banner add

विश्वकप विजेता मुलुकका खेलाडीलाई औंठी

banner add
writter
बिहि, ०४ भदौ २०८३
(Shares)

काठमाडौँ । फिफाले सन् २०२६ को विश्वकप फुटबलका विजेता टोलीलाई परम्परागत विश्वकप ट्रफी र स्वर्ण पदकसँगै च्याम्पियनसिप रिङ (औंठी) पनि प्रदान गर्ने घोषणा गरेको छ।

स्थानीय समयअनुसार आगामी आइतबार अपरान्ह न्युयोर्क न्युजर्सी स्टेडियममा हुने फाइनलमा विजेता टोलीलाई ट्रफी, पदकसँगै च्याम्पियनसिप रिङ प्रदान गरिनेछ।

यो रिङ सन् २०२६ विश्वकपको सम्झनामा तयार पारिएको २ हजार २६ वटा सीमित संस्करणको संग्रहको हिस्सा हो। तीमध्ये ३० वटा रिङ विजेता टोलीका खेलाडी तथा सदस्यहरूलाई प्रदान गरिनेछ भने बाँकी १ हजार ९९६ वटा आधिकारिक स्मरणीय सामग्री का रूपमा विश्वभर बिक्रीका लागि उपलब्ध गराइने फिफाले जनाएको छ।

हरेक रिङको एकातर्फ फिफा विश्वकप ट्रफी अंकित छ भने अर्को भागमा प्रतियोगिताको विजेता टोलीको पहिचान झल्किने गरी विशेष डिजाइन गरिएको छ।

फिफाले च्याम्पियनसिप रिङको परम्परा पहिलोपटक विश्वकपमा समावेश गरेको हो। यो अभ्यास उत्तर अमेरिकी व्यावसायिक खेलकुदमा लामो समयदेखि चल्दै आएको परम्पराबाट प्रेरित मानिएको छ, जहाँ च्याम्पियन टोलीलाई ट्रफीसँगै रिङ पनि प्रदान गर्ने चलन छ।

फाइनलमा स्पेन र अर्जेन्टिना भिड्दै छन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर