काठमाडौं । बिहीबार सेयर बजारमा कारोबार रकम ५ अर्ब २ करोडमा खुम्चिएको छ । साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएकोमा तीन साताकै अन्तरमा कारोबार रकम ८१ प्रतिशत घटेको हो ।
यो साता आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब १७ करोड, मंगलबार ५ अर्ब ६३ करोड, बुधबार ५ अर्ब २० करोडको कारोबार भएको थियो ।
आज बजारको परिसूचक नेप्से ९.२२ अंक घटेको छ । सो गिरावटपछि २७५७ मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ : १० बजे नेप्से २७७५ अंकसम्म पुगेकोमा त्यसपछि अन्तिम समयसम्म सामान्य घट्न पुग्यो ।
५३ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ । निर्जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.१४ प्रतिशत बढ्यो । घटेका सबै समूहको गिरावट दर १ प्रतिशतमुनि रह्यो ।