मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

बिजनेस लिडरसिप अवार्ड–२०८३ बाट बाबुराम कार्की सम्मानित

banner add
writter
बुध, १० असार २०८३
(Shares)

काठमाडौं । काठमाडौँ उपत्यका भित्र इभेन्ट तथा होस्पिटालिटी क्षेत्रका नवतारा उद्यमी बाबुराम कार्की बिजनेस लिडरसिप अवार्ड–२०८३ बाट सम्मानित भएका छन्। नेपालको होस्पिटालिटी क्षेत्रको विकास, व्यवस्थापन तथा सेवा प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

करिब १८ वर्षदेखि होस्पिटालिटी क्षेत्रमा सक्रिय कार्कीले सेवा गुणस्तर अभिवृद्धि, व्यवसायिक नेतृत्व तथा पर्यटनमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनी रामेछापमा जन्मिए पनि व्यावसायिक यात्रा भने काठमाडौं केन्द्रित रहँदै आएको छ।

राजधानीमा विभिन्न होस्पिटालिटी व्यवसायसँग आबद्ध हुँदै उनले संस्थागत विकास, व्यवस्थापन सुधार र नेतृत्वदायी भूमिकामार्फत उल्लेखनीय योगदान पुर्‍याएका छन्। उनको नेतृत्वमा सञ्चालन भएका संस्थाहरूले सेवा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको बताइन्छ।

व्यवसायिक योगदानको कदरस्वरूप उनी विभिन्न समयमा बिजनेस अवार्ड तथा बिजनेस लिडरसिप अवार्ड जस्ता प्रतिष्ठित सम्मानबाट सम्मानित भइसकेका छन्। सफल व्यवस्थापन र दूरदर्शी नेतृत्वका कारण उनी युवा उद्यमीमाझ प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिन्छन्।

हाल उनी स्मार्ट ग्रुप अफ कम्पनीजका संस्थापक (फाउन्डर)का रूपमा कार्यरत छन्। समूहमार्फत होस्पिटालिटी सँगै इभेन्ट, तालिम तथा अन्य सेवा क्षेत्रको विस्तारमा समेत उनले सक्रिय भूमिका निभाइरहेका छन्। होस्पिटालिटी क्षेत्रको गुणस्तर अभिवृद्धि र दक्ष जनशक्ति उत्पादनमा केन्द्रित विभिन्न कार्यक्रममार्फत उनले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएका छन्।

होस्पिटालिटी क्षेत्रको विकास, व्यवसायिक नेतृत्व र सवल गतिविधिमा निरन्तर सक्रिय बाबुराम कार्कीले निजी क्षेत्रको सशक्तिकरणसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन उल्लेखनीय योगदान पुर्‍याइरहेका छन्।

सम्मान प्राप्त गरेपछि कार्कीले यो पुरस्कार सम्पूर्ण सहकर्मी, ग्राहक तथा होस्पिटालिटी क्षेत्रसँग आबद्ध सबैको साझा उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा र व्यवसायिक उत्कृष्टताका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

व्यवसायिक नेतृत्व, नवप्रवर्तन र संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने बिजनेस लिडरसिप अवार्ड-२०८३ ले बाबुराम कार्कीको लामो अनुभव र समर्पणलाई थप उचाइ दिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर