काठमाडौं । देशकै अग्रणी इन्टरनेट
सेवा प्रदायक कम्पनी Classic Tech ले सेवा विस्तार तथा ग्राहक सेवा थप प्रभावकारी बनाउने उद्देश्यले नेपालभर १००
भन्दा बढी कर्मचारी माग गरेको छ।
कम्पनीले फाइबर इन्जिनियर, फाइबर लिडर, फिल्ड सपोर्टलगायत विभिन्न पदमा योग्य, ऊर्जाशील तथा जिम्मेवार उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।
खाली पदहरूमा फाइबर इन्जिनियर, फाइबर लिडर, फिल्ड सपोर्टलगायत अन्य पद रहेका छन्।
कम्पनीका अनुसार छनोट हुने कर्मचारीले
मासिक ३० हजार रुपैयाँसम्म तलब प्राप्त गर्नेछन्। यसका साथै ओभरटाइम सुविधा, CUG सिम कार्ड, कार्यसम्पादनका
आधारमा करिअर ग्रोथ, तालिम तथा सिकाइको
अवसरसमेत उपलब्ध गराइनेछ।
कर्मचारीलाई नेपालभर रहेका कम्पनीका
विभिन्न शाखा तथा कार्यक्षेत्रमा खटाइने जनाइएको छ।
इच्छुक उम्मेदवारले आफ्नो CV
career@classic.com.np मा इमेलमार्फत पठाउन सक्नेछन्।
साथै कम्पनीको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमा सम्पर्क गरी पनि आवेदन
दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले इच्छुक तथा योग्य
उम्मेदवारलाई समयमै आवेदन दिन आग्रह गरेको छ।