मङ्गल, ०९ असार २०८३ / June 23, 2026, Tuesday
मङ्गल, ०९ असार २०८३
Advertisement
banner add

भारतीय नयाँ एसओपीले नेपाली चिया उद्योग संकटमा, असार १ देखि उद्योग बन्द गर्ने चेतावनी

banner add
writter
आइत, ३१ जेठ २०८३
(Shares)

इलाम । नेपाली  चिया भारतीय पक्षले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (SOP) का कारण गम्भीर असर परेको भन्दै सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालले असार १ गतेदेखि चिया उद्योग बन्द गर्ने चेतावनी दिएको छ।

एसोसिएसनले जारी गरेको विज्ञप्तिअनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपालबाट भारततर्फ हुने चिया निर्यात प्रक्रिया जटिल बनेको छ। गुणस्तर परीक्षणका कडा प्रावधान, पर्याप्त भण्डारण सुविधाको अभाव तथा परीक्षण प्रतिवेदन प्राप्त गर्न लामो समय लाग्ने समस्याले निर्यात व्यापार प्रभावित भएको जनाइएको छ।

एसोसिएसनका अनुसार हाल भारतका विभिन्न गोदाममा करिब २ लाख किलोभन्दा बढी तयारी चिया रोकिएको छ भने नेपालका उद्योगहरूमा पनि १० लाख किलोभन्दा बढी चिया थन्किएको अवस्था छ। परीक्षणका लागि लगिएका नमुनाको प्रतिवेदन महिनौँसम्म नआउने र गुणस्तर मापदण्ड नपुगेको ठहरिएमा चिया नष्ट गर्नुपर्ने व्यवस्था उद्योगीका लागि थप चुनौती बनेको बताइएको छ।

निर्यात अवरुद्ध हुँदा उद्योगीहरू किसानबाट खरिद गरिएको हरियो चियापत्तीको भुक्तानी गर्नसमेत कठिनाइमा परेका छन्। यसले उद्योग सञ्चालनमै संकट उत्पन्न भएकाले असार १ गतेदेखि उद्योग बन्द गर्ने निर्णयतर्फ जानुपरेको एसोसिएसनले जनाएको छ।

एसोसिएसनले चिया किसान, उद्योगी, व्यवसायी तथा मजदुरमाथि पर्ने सम्भावित प्रभावप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि सरकार, सम्बन्धित निकाय र सरोकारवालालाई तत्काल पहल गर्न आग्रह गरेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर