मङ्गल, ०९ असार २०८३ / June 23, 2026, Tuesday
मङ्गल, ०९ असार २०८३
Advertisement
banner add

इलाममा पहिरोमा परी एकै परिवारका ६ सहित १८ जनाको मृत्यु

banner add
writter
आइत, १९ असोज २०८२
(Shares)

काठमाडौं । इलाममा अत्यधिक वर्षाका कारण गएको पहिरोमा परी १८ जनाको ज्यान गएको छ । इलाम नगरपालिका–६, घोसस्थित नवबुद्ध आदर्श टोलमा आइतबार बिहान पहिरो जाँदा एकै परिवारका ६ जनाको ज्यान गएको छ।

मृतकहरूमा ४० वर्षीय अनु तामाङ, २१ वर्षका प्रशान्त तामाङ, २१ वर्षका विराज तामाङ, १२ वर्षका समीर राई, ७–८ वर्षकी प्रिन्सिका मगर र करिब ३–४ वर्षका एक बालक रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

नाबालकको उद्धार गरी अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ।
घटनामा चार जना घाइते भएका छन्। कहीले भागेर ज्यान जोगाएका छन् ।

यता, इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ।

माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको छ।

त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, देउमाई नगरपालिका ५ ढोरेमा १ जना, देउमाई नगरपालिका ५ धुसुनेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

माङ्सेबुङ गाउँपालिका १ मा एक जना गर्भवती सहित २ जना गम्भीर भएपछि उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको तर मौसम खराबका कारण समस्या भएको प्रहरीले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर