बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

भेडाच्याङ्ग्रा बेचेर मुस्ताङमा भित्रियो साढे ३६ करोड

banner add
writter
बिहि, ०९ असोज २०८२
(Shares)

मुस्ताङ हिमाली जिल्लाको प्रमुख आयस्रोत मध्ये भेडा–च्याङ्ग्रा पालन महत्वपूर्ण मानिन्छ। यस वर्ष मात्रै च्याङ्ग्रा र भेडा बिक्री गरेर जिल्लामा करिब साढे ३६ करोड रुपैयाँ आम्दानी भएको तथ्याङ्क सार्वजनिक हुनु उत्साहजनक कुरा हो। यस्तो उपलब्धिले मुस्ताङका किसानहरूको जीवनस्तर सुधारसँगै जिल्लाको समग्र आर्थिक गतिविधिलाई समेत गति दिएको छ।

च्याङ्ग्रा उत्पादन र बिक्रीलाई व्यवस्थित बनाइएन भने यसबाट अपेक्षित लाभ लिन कठिन हुन्छ। च्याङ्ग्रा मासुको बजार मूल्य, यातायात सुविधा, रोग नियन्त्रण र चरन व्यवस्थापन जस्ता पक्ष अझै चुनौतीपूर्ण छन्। हरेक वर्ष दशैं–तिहारको समयमा मात्र होइन, अन्य समयमा समेत उचित बजार पहुँच दिलाउने नीतिगत कदम जरुरी छ। यसबाट किसानले दिगो आम्दानी गर्न सक्नेछन्।

मुस्ताङमा उत्पन्न च्याङ्ग्रा र भेडा केवल मासुका लागि मात्र होइन, ऊन, छाला र अन्य उत्पादनमार्फत पनि आम्दानीको स्रोत बन्न सक्छन्। यसतर्फ सरकारी र निजी क्षेत्र दुवैको ध्यान आवश्यक छ। दीगो पशुपालन, सहुलियत ऋण, गोठ व्यवस्थापन र आधुनिकीकरण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दा मुस्ताङका किसान अझ सबल बन्नेछन्।

साढे ३६ करोडको यो आय आँकडा केवल आर्थिक उपलब्धि मात्र होइन, मुस्ताङको सम्भावनाको प्रमाण पनि हो। यस सम्भावनालाई दीर्घकालीन योजनासहित अघि बढाउन सके मुस्ताङ मात्र नभई समग्र हिमाली अर्थतन्त्रमा नयाँ उचाइ थपिनेछ।

ads
ads
add
banner add

सम्बन्धित खबर