बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

एसइईमा ताप्लेजुङ प्रथम हुने लार्के शेर्पा सहित ४९ जना शेर्पा विद्यार्थी सम्मानित

banner add
writter
शुक्र, ०९ साउन २०८२
(Shares)

फुङ्लिङ, साउन ९ गते ।  ताप्लेजुङले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्ला प्रथम हुने लार्के शेर्पा सहित ४९ जना शेर्पा विद्यार्थीहरूलाई नेपाल शेर्पा विद्यार्थी सङ्घले सम्मान गरेको छ । सङ्घले २०८१ सालको एसइईमा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

एसइईमा उत्तीर्ण  जिल्ला भरीका ४८ जना शेर्पा विद्यार्थी र जिल्ला दोस्रो हुन सफल प्रितम गुरुङ गरी जम्मा ४९ जना विद्यार्थीलाई सम्मान गरिएको नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङका अध्यक्ष मिङ्मा दिकी शेर्पाले बताउनुभयो ।

जिल्ला प्रथम लार्के शेर्पा हुनुभएको थियो । उहाँ ३.९१ जिपिए ल्याएर जिल्ला प्रथम हुनुभएको थियो भने गुरुङले ३.८६ जिपिए ल्याएर दोस्रो हुनुभएको थियो । 

ads
ads
add
banner add

सम्बन्धित खबर