बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

बागलुङ नगरपालिकाको बजेट एक अर्ब ३० करोड

banner add
writter
आइत, ०८ असार २०८२
(Shares)

बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि एक अर्ब ३० करोड ९५ लाख ५८ हजार ५६९ रुपैयाँको बजेट विनियोजन गरेको छ ।

नगर उपप्रमुख राजु खड्काले मंगलबार १७औँ नगरसभामा प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी सामाजिक विकासतर्फ विनियोजन भएको छ । सामाजिक विकासतर्फ कुल बजेटको ४९.१८ प्रतिशत अर्थात ६४ करोड ४१ लाख ४४ हजार ९२० विनियोजन भएको उल्लेख छ । 

यसमा आर्थिक अभावको कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित नगर क्षेत्रका सम्पूर्ण दलित, मुस्लिम र माझी परिवारलाई लक्षित गरी नगरप्रमुख स्वास्थ्य बिमा कार्यक्रम, आवासीय विद्यालय, नगर प्रमुख शैक्षिक सुधार, नगर खेलकुद कार्यक्रम विद्यालय शिक्षा अनुदान तथा कार्यक्रम, नगर अस्पताल सञ्चालन दिवा खाजा, आधारभूत स्वास्थ्य सेवालगायतका कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । 

नगरपालिकाले पूर्वाधार विकासतर्फ ३०.१७ प्रतिशत अर्थात ३९ करोड ५१ लाख ३९ हजार २८० रुपैयाँ विनियोजन गरिएको छ । यसबाट समपुरक कोष, मुक्तिनाथ बाबा परिक्रमा सडक, गलुवा भकुण्डे सडक, ब्लुहिल पर्यटकीय पूर्वाधार, निर्माणाधीन सहरी शासकीय पूर्वाधार आयोजना, नगरस्तरका निर्माणाधीन आयोजना सम्पन्न गर्ने योजना छ । 

आर्थिक विकासतर्फ २.२६ प्रतिशत अर्थात दुई करोड ९७ लाख विनियोजन गरिएको छ । जसमा बागलुङ नगरपालिकालाई पर्यटन मैत्री नगरपालिका बनाउन नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम सञ्चालन, कृषि, तथा पशुपंक्षीमा आत्मनिर्भर बागलुङ कार्यक्रम, सहकारी, जलश्रोत सिंचाईलगायत कार्यक्रम छन् । 

नगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १३.१६ प्रतिशत अर्थात १७ करोड २४ लाख ४० हजार विनियोजन गरेको छ । 

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ५.२० प्रतिशत अर्थात ६ करोड ८१ लाख ३४ हजार ३६९ रुपैयाँ विनियोजन गरिएको उपप्रमुख खड्काले जानकारी दिए ।  यसबाट नगर प्रमुख स्वरोजगार कार्यक्रम, विपद् व्यवस्थापन, उद्धार राहत कार्यक्रम, फोहोरमैला व्यवस्थापानको लागि जिरो वेष्ट बालमैत्री स्थानीय सासन दिगोपनालगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

नगरपालिकाले वडा नम्बर १ देखि १४ सम्मका साना पूर्वाधार निर्माण तथा वडास्तरीय कार्यक्रम संचालनका लागि ६ करोड ३० लाख रुपैयाँ विनियोजना गरेको छ । बजेटमा बागलुङ बजारमा कपडा बैंक स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ भने बजार क्षेत्रमा दोहोरो नाली र फुटपाथसहितको सडकको लागि बजेट विनियोजन गरिएको छ ।

विनियोजित बजेटबाट बागलुङ नगरपालिकाका २३–२८ वर्ष उमेर समूहका जेन–जी पुस्तालाई स्थानीय सरकारका कार्यक्रममा सहभागी गराई नगर पर्यटन विकासका क्षेत्रको प्रकृति संस्कृति र सामाजिक स्थितिमा संलग्न हुने वातावरणका लागि समेत व्यवस्था गरिने भएको छ । 

ads
ads
add
banner add

सम्बन्धित खबर