मङ्गल, ०५ जेठ २०८३ / May 19, 2026, Tuesday
मङ्गल, ०५ जेठ २०८३
Advertisement
banner add

भ्रष्टाचार मुद्दामा बागमतीका मेयर थापालाई ८ वर्ष कैदको फैसला

banner add
writter
शुक्र, ३० साउन २०८२
(Shares)

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले भ्रष्टाचार मुद्दामा मेयर थापा, अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गरेको थियो । सो मुद्दामा आज सजाय सुनाइएको हो ।

उनीहरूबाट जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसाका दरले असुलउपर गर्ने र जनही ८ वर्षका दरले कैद तोकिएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर