मङ्गल, ०५ जेठ २०८३ / May 19, 2026, Tuesday
मङ्गल, ०५ जेठ २०८३
Advertisement
banner add

बकैया गाउँपालिकाले ल्यायो ९१ करोडको बजेट

banner add
writter
सोम, ०५ साउन २०८२
(Shares)

पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि कुल ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न ११औँ गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले बजेट प्रस्तुत गरेका हुन्। 

चालू आर्थिक वर्षको तुलनामा यो बजेट १ करोड ८७ लाख ४९ हजार रुपैयाँले कम हो।
गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्रमुख प्राथमिकता दिँदै पुँजीगत र चालू खर्चमा क्रमशः २८ करोड ६ लाख ९१ हजार र ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको छ।

उपाध्यक्ष खत्रीका अनुसार आन्तरिक आम्दानीबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, संघीय सरकार तथा अन्य निकायमार्फत अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

बकैयाले पूर्वाधार निर्माणका लागि ५ करोड, पोषणमैत्री स्थानीय तह घोषणाका लागि ७५ लाख, चिस्यान केन्द्र निर्माणमा ६५ लाख, प्रत्येक वडामा समानुपातिक विकासका लागि ४ करोड ८० लाख, कार्यपालिका सदस्यहरूका लागि ४८ लाख विनियोजन गरेको छ।

यस्तै, कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड, भौतिक संरचना निर्माणमा २ करोड ५० लाख, कोल्ड स्टोर निर्माणका लागि अनुदानसहित १ करोड ३० लाख बजेट छुट्याइएको छ।

गाउँपालिकाले कृषिमा आधारित स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने रणनीतिअनुरूप बजेट निर्माण गरेको बजेट सार्वजनिक कार्यक्रममा पालिकाका अध्यक्ष धर्मराज लामिछाने र प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताए।

ads
ads
add
banner add

सम्बन्धित खबर