बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट

banner add
writter
शनि, ११ असोज २०८२
(Shares)

स्थानीय सरोकार/ धादिङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमूल्यांकन प्रणाली (लिजा) मा देशभरका ७ सय ५३ स्थानीयमध्ये नीलकण्ठ उत्कृष्ट बनेको हो। स्थानीय तह सुशासन स्वमूल्यांकनमा पेश भएको तथ्य प्रमाणको आधारमा नीलकण्ठ नगरपालिकाले ९३.५ अंक पाएको छ ।

विभिन्न १० विधामा भएको परीक्षणका आधारमा स्थानीय तहहरूको स्वमूल्यांकनको कुल अंक निर्धारण हुने गर्दछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा आर्थिक वर्ष २०८०८१ मा पनि उत्कृष्ट नगरपालिका बन्दै पुरस्कृत भएको छ । यीमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गरेका ६ वटा उत्कृष्ट स्थानीय तहहरू यस्ता नमूना पालिका हुन् जसको अभ्यास सबैका लागि उदाहरणीय र अनुकरणीय बन्न सक्छन् ।

आर्थिक वर्ष २०८०/८१ मा देशभरका ७५३ स्थानीय तहमध्ये ७३२ स्थानीय तह यो मूल्याङ्कन प्रक्रियामा सहभागी भएका थिए । नीलकण्ठ नगरपालिकातर्फ उत्कृष्ट तीनमा परेको हो ।

आर्थिक वर्ष २०७०/८० को स्वमूल्याङ्कनमा पनि नीलकण्ठ प्रथम बनेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा नीलकण्ठ लगायत देशभरका ३८ स्थानीय तहमा पाइलटिङको रूपमा यो कार्यक्रम शुरु गरेको थियो । त्यस बेला पनि नीलकण्ठ प्रथम नै बनेको थियो ।

लिसामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय गरी १० वटा विषयगत क्षेत्रहरू रहेका छन् । यी विषयगत क्षेत्रहरूको ३ वटा आयाम र १०० वटा सूचकहरूको मूल्याङ्कनका आधारमा अंक प्रदान गरिन्छ ।

हरेक सूचकको अंकभार एक रहेको र लिसा प्रणालीमा सबै सूचकहरूको प्रमाण सहित स्थानीय तहहरूले दाबी पेश गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गर्दछ । मन्त्रालयले स्थानीय तहहरूले गरेको दाबी र प्रमाणलाई मूल्याङ्कनगरेर अंक प्रदान गर्दछ ।

नीलकण्ठले आर्थिक वर्ष २०८०/०८१ को लागि लिजा प्रणालीमा ९८.५ अंक दाबी गरेको थियो । धेरै अंक दाबी गर्ने स्थानीय तहमा नीलकण्ठ ११औं स्थानमा रहेको थियो । मन्त्रालयले गुणस्तर परीक्षण पश्चात् नतिजा सार्वजनिक गर्दा नगरपालिका उत्कृष्ट तीनमा परेको हो ।

ads
ads
add
banner add

सम्बन्धित खबर