स्थानीय सरोकार/ धादिङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमूल्यांकन प्रणाली (लिजा) मा देशभरका ७ सय ५३ स्थानीयमध्ये नीलकण्ठ उत्कृष्ट बनेको हो। स्थानीय तह सुशासन स्वमूल्यांकनमा पेश भएको तथ्य प्रमाणको आधारमा नीलकण्ठ नगरपालिकाले ९३.५ अंक पाएको छ ।
विभिन्न १० विधामा भएको परीक्षणका आधारमा स्थानीय तहहरूको स्वमूल्यांकनको कुल अंक निर्धारण हुने गर्दछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा आर्थिक वर्ष २०८०८१ मा पनि उत्कृष्ट नगरपालिका बन्दै पुरस्कृत भएको छ । यीमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गरेका ६ वटा उत्कृष्ट स्थानीय तहहरू यस्ता नमूना पालिका हुन् जसको अभ्यास सबैका लागि उदाहरणीय र अनुकरणीय बन्न सक्छन् ।
आर्थिक वर्ष २०८०/८१ मा देशभरका ७५३ स्थानीय तहमध्ये ७३२ स्थानीय तह यो मूल्याङ्कन प्रक्रियामा सहभागी भएका थिए । नीलकण्ठ नगरपालिकातर्फ उत्कृष्ट तीनमा परेको हो ।
आर्थिक वर्ष २०७०/८० को स्वमूल्याङ्कनमा पनि नीलकण्ठ प्रथम बनेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा नीलकण्ठ लगायत देशभरका ३८ स्थानीय तहमा पाइलटिङको रूपमा यो कार्यक्रम शुरु गरेको थियो । त्यस बेला पनि नीलकण्ठ प्रथम नै बनेको थियो ।
लिसामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय गरी १० वटा विषयगत क्षेत्रहरू रहेका छन् । यी विषयगत क्षेत्रहरूको ३ वटा आयाम र १०० वटा सूचकहरूको मूल्याङ्कनका आधारमा अंक प्रदान गरिन्छ ।
हरेक सूचकको अंकभार एक रहेको र लिसा प्रणालीमा सबै सूचकहरूको प्रमाण सहित स्थानीय तहहरूले दाबी पेश गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गर्दछ । मन्त्रालयले स्थानीय तहहरूले गरेको दाबी र प्रमाणलाई मूल्याङ्कनगरेर अंक प्रदान गर्दछ ।
नीलकण्ठले आर्थिक वर्ष २०८०/०८१ को लागि लिजा प्रणालीमा ९८.५ अंक दाबी गरेको थियो । धेरै अंक दाबी गर्ने स्थानीय तहमा नीलकण्ठ ११औं स्थानमा रहेको थियो । मन्त्रालयले गुणस्तर परीक्षण पश्चात् नतिजा सार्वजनिक गर्दा नगरपालिका उत्कृष्ट तीनमा परेको हो ।