मङ्गल, ११ कात्तिक २०८२ / October 28, 2025, Tuesday
मङ्गल, ११ कात्तिक २०८२
Advertisement
banner add

वातावरणीय पत्रकारिता केवल समाचार होइन, राष्ट्रको दिगो भविष्यसँग जोडिएको अभियान हो – पत्रकार शर्मा

writter
बुध, २९ असोज २०८२
(Shares)

काठमाडौँ । देशमा जलवायु परिवर्तन, प्रदूषण, वन विनाश र प्राकृतिक विपत्तिजस्ता विषयहरू दिनानुदिन गम्भीर बन्दै गएका छन्। यस्ता संवेदनशील विषय उठाउने जिम्मेवारी मुख्यतः पर्यावरण र वातावरण बिटमा काम गर्ने पत्रकारहरूले वहन गर्दै आएका छन्। तर विडम्बना यो हो कि राज्यले तिनको योगदानलाई न त औपचारिक रूपमा पहिचान गर्न सकेको छ, न त आवश्यक सहयोग र संरक्षण प्रदान गर्न।

यी पत्रकारहरूले जनचेतना फैलाउने, तथ्य उजागर गर्ने र नीति निर्माणमा दबाब सिर्जना गर्ने महत्वपूर्ण काम गर्छन्। तर स्रोतसाधनको अभाव, प्रशिक्षणको कमी र कहिलेकाहीँ सरोकारवालाको दबाबले उनीहरूको काम कठिन बन्दै गएको छ। राज्यका नीतिहरूमा वातावरणीय पत्रकारिताको कुनै स्पष्ट प्राथमिकता नदेखिनु चिन्ताको विषय हो।

पर्यावरण र वातावरण बिटमा काम गर्ने पत्रकारहरू आजका सबैभन्दा कठिन र जिम्मेवार भूमिकामा छन्। जलवायु परिवर्तन, प्रदूषण, वन विनाश, नदी दोहन र उद्योगजन्य असरजस्ता मुद्दा उजागर गर्नु सजिलो छैन। यी विषयहरू वैज्ञानिक, राजनीतिक र आर्थिक स्वार्थसँग जोडिएका हुन्छन्, जसले पत्रकारको कामलाई चुनौतीपूर्ण बनाउँछ।

सबैभन्दा ठूलो समस्या भनेको स्रोत र सहयोगको अभाव हो। वातावरणीय रिपोर्टिङका लागि तथ्याङ्क, विशेषज्ञ राय र वैज्ञानिक डेटा आवश्यक पर्छ, तर नेपालमा यस्ता स्रोतमा पहुँच सीमित छ। अर्को चुनौती राजनीतिक र आर्थिक दबाब हो । ठूला उद्योग, ठेकेदार र प्रभावशाली निकायहरूमाथि प्रश्न उठाउँदा पत्रकारहरू आलोचना, धम्की र कहिलेकाहीँ पेशागत जोखिममा पर्छन्।

त्यसैगरी, मिडिया संस्थामै वातावरणीय बिटको महत्त्व नबुझिनु अर्को समस्या हो। मनोरञ्जन, राजनीति वा अपराध समाचारजति प्राथमिकता यो क्षेत्रमा दिइँदैन। फलस्वरूप, पत्रकारहरूले आफ्नो विषयमा गहिरो अनुसन्धान गर्न पर्याप्त समय र स्रोत पाउँदैनन्।

राज्य र मिडिया संस्थाले बुझ्नुपर्छ । वातावरणीय पत्रकारिता केवल समाचार होइन, राष्ट्रको दिगो भविष्यसँग जोडिएको अभियान हो। यस्तो पत्रकारितालाई प्रोत्साहन, प्रशिक्षण, र सुरक्षाको ग्यारेन्टी दिइनु अनिवार्य छ। राज्यले बुझ्न जरुरी छ । वातावरणीय पत्रकारिता केवल समाचार संकलन होइन, भविष्यको अस्तित्वसँग जोडिएको जिम्मेवारी हो। यदि वातावरण र जलवायु संरक्षणमा प्रतिवद्धता देखाउन चाहिन्छ भने, पत्रकारिताको यो क्षेत्रलाई बलियो बनाउने नीति र संरक्षण आवश्यक छ।

 -पाठकलाई वातावरणीय पत्रकारले कसरी बझाउँन सक्छन्

इकोलोजी भन्नाले जीव र तिनीहरू रहेको वातावरणबीचको अन्तर्क्रियाको वैज्ञानिक अध्ययन जनाउँछ। यो विज्ञानले जीवहरू कसरी आफ्नो वरपरको वातावरणसँग अनुकूलन गर्छन्, एकअर्कासँग सम्बन्ध राख्छन्, र जैविक सन्तुलन कसरी कायम राखिन्छ भन्ने कुरा बुझ्न सहयोग गर्छ।

विज्ञानको रूपमा इकोलोजीले विभिन्न इकोसिस्टमहरू (ecosystems) — जस्तै वन, नदी, ताल, समुद्र, र मरुभूमि को संरचना, कार्य र आपसी सम्बन्ध बुझ्न महत्वपूर्ण भूमिका खेल्छ। यो जीवविज्ञानको एउटा शाखा हो, जसमा पृथ्वी विज्ञानका केही पक्षहरू पनि समावेश छन्।

इकोलोजीको अध्ययनले वातावरण, जीवन, संरचना, विशेषता र वातावरणीय प्रभावहरू जहाँ जीवहरू (जनावर वा वनस्पति) बसोबास गर्छन् । सबैको परीक्षण गर्छ। अध्ययनका दृष्टिले इकोलोजीलाई मुख्यतः जनावर इकोलोजी र वनस्पति इकोलोजी गरी दुई भागमा वर्गीकृत गरिएको छ। यद्यपि, बोटबिरुवा र जनावरबीच घनिष्ठ सम्बन्ध हुन्छ; तिनीहरू सधैं एउटै पारिस्थितिक सञ्जालका सदस्य हुन्।

‘इकोलोजी’ शब्दको उत्पत्ति ग्रीक शब्द ‘Oikos’ (घर वा बासस्थान) र ‘Logos’ (अध्ययन वा विज्ञान) बाट भएको हो । जसको शाब्दिक अर्थ “बासस्थानको अध्ययन” भन्ने हुन्छ। इकोलोजीले हामीलाई बुझाउँछ कि मानव, जनावर, बोटबिरुवा र प्रकृतिको सन्तुलन आपसी निर्भरता र जिम्मेवार व्यवहारबाट मात्र सम्भव छ।पर्यावरण र वातावरणीय विज्ञान दुईवटै शब्दहरू प्रायः एउटै अर्थमा प्रयोग गरिए पनि तिनको वैज्ञानिक दायरा र उद्देश्य फरक छन्।

पर्यावरण भन्नाले हाम्रा वरिपरिका सबै प्राकृतिक, जैविक र सामाजिक तत्वहरूको समष्टिलाई जनाउँछ । जस्तै हावा, पानी, माटो, वनस्पति, जनावर, र मानव गतिविधि। यसले मानिस र प्रकृतिबीचको सम्बन्ध, त्यसको सन्तुलन र संरक्षणका उपायहरूमा जोड दिन्छ। त्यसैले पर्यावरण विज्ञान मुख्यतः बहुआयामिक अध्ययन हो । जसमा जीवविज्ञान, भूगोल, समाजशास्त्र, अर्थशास्त्र र नीति–निर्माणका पक्ष पनि सामेल हुन्छन्।

वातावरणीय विज्ञान (Atmospheric Science) भनेको पृथ्वीको वायुमण्डलसँग सम्बन्धित वैज्ञानिक अध्ययन हो। यसमा हावा, मौसम, जलवायु, प्रदूषण, र ग्रीनहाउस प्रभावजस्ता विषयहरू केन्द्रमा हुन्छन्। यो भौतिक र गणितीय विज्ञानसँग बढी सम्बन्धित विषय हो, जसले मौसम पूर्वानुमान, जलवायु परिवर्तन, र वायुमण्डलीय प्रक्रिया बुझ्न मद्दत गर्छ।


- पर्यावरण विज्ञान → जीव, मानव र प्रकृतिबीचको सम्पूर्ण सम्बन्धको अध्ययन।
- वातावरणीय विज्ञान → पृथ्वीको वायुमण्डल र त्यसका भौतिक प्रक्रियाको अध्ययन।
दुवै विषय पृथ्वीको स्थायित्व र मानव अस्तित्वसँग गहिरो सम्बन्ध राख्छन्, तर दृष्टिकोण फरक छन्—एकले “सन्तुलन” खोज्छ, अर्काले “समझ” गढाउँछ।

वातावरण भनेको के हो ?

वातावरण पृथ्वीको जीवन–अस्तित्वको आधार हो। यो पृथ्वीलाई घेरेर रहेको हावा, पानी, ताप, प्रकाश र अन्य प्राकृतिक तत्वहरूको समष्टि हो, जसले जीवजन्तु र वनस्पतिलाई बाँच्न आवश्यक ऊर्जा र सन्तुलन प्रदान गर्छ।
वातावरण सांस्कृतिक, आर्थिक, सामाजिक, जैविक र भौतिक वातावरण हो जसले सबै जीवित प्राणीहरूलाई आफ्नो पुस्ताको बाँच्न र धान्न अनुमति दिन्छ। अर्को शब्दहरुमा, यो त्यस्तो स्थान हो जहाँ एक जीवित व्यक्तिलाई स्वस्थ जीवन जीउन अनुमति छ। यो प्रकृति पनि हो जुन पृथ्वीमा सबै जीवित प्राणीहरूको साथै सबै प्रकारका निर्जीव प्राणीहरूलाई समेट्छ।

वातावरणीय विज्ञान वातावरणको भौतिक, रसायनिक र जैविक घटकहरूका बीचको अन्तरक्रियामा केन्द्रित छ, साथै यसमा सबै जीवहरूमा पार्ने प्रभावहरू पनि छन्। धेरै व्यक्तिको लागि वातावरणीय विज्ञानले खास गरी वातावरणमा मानव प्रभावलाई अभिव्यक्त गर्दछ।

वातावरण केवल हावाको तह मात्र होइन; यो पृथ्वीको वायुमण्डल, जलीमण्डल, भू–मण्डल र जीव–मण्डल मिलेर बनेको जटिल प्राकृतिक प्रणाली हो। यसले हावापानी, तापक्रम, वर्षा, हावाको दिशा र मौसमी परिवर्तनलाई नियन्त्रित गर्छ, जसबाट पृथ्वीमा जीवन सम्भव बनेको छ।

आजको समयमा वातावरणको सन्तुलन मानव गतिविधिका कारण जोखिममा परेको छ। अनियन्त्रित औद्योगिकीकरण, वन विनाश, र प्रदूषणले वातावरणीय सन्तुलन बिगार्दै लगेको छ। यसको असर जलवायु परिवर्तन, ओजोन तह क्षय, र प्राकृतिक विपत्तिहरूको रूपमा देखिन थालेको छ।

यसैले, वातावरणको संरक्षण र सन्तुलन कायम राख्नु केवल सरकार वा विज्ञहरूको जिम्मेवारी होइन, सबै मानवको साझा दायित्व हो। वातावरण सुरक्षित रहँदा मात्र पृथ्वीमा जीवन सुरक्षित रहन्छ।

-पर्यावरण र वातावरणीय विज्ञानबीचको भिन्नता

पर्यावरण र वातावरणीय विज्ञानबीचको सम्बन्ध नजिक छ, तर दुवैको अध्ययन क्षेत्र, उद्देश्य र दृष्टिकोण फरक छन्। पृथ्वी र जीवनका सन्तुलनका विषयमा दुवैले योगदान पुर्‍याए पनि, एकले सम्पूर्ण प्रकृति र जीवबीचको सम्बन्धमा केन्द्रित हुन्छ भने अर्कोले वायुमण्डलीय प्रणाली र हावापानीका प्रक्रियामा ध्यान दिन्छ।

पर्यावरण र वातावरणीय विज्ञान (Environmental Science र Atmospheric Science) एक–अर्कासँग सम्बन्धित भए पनि तिनको अध्ययनको क्षेत्र र उद्देश्य फरक छन्। दुवै विषयले पृथ्वी र जीवनका सन्तुलनलाई बुझ्न खोज्छन्, तर कोण र दृष्टिकोण भिन्न छन्। पर्यावरण भन्नाले हावा, पानी, माटो, जीवजन्तु, बोटबिरुवा र मानव क्रियाकलापसम्म सबै तत्वहरूको समष्टिलाई जनाउँछ। यसको अध्ययनलाई पर्यावरण विज्ञान भनिन्छ, जसले मानिस र प्रकृतिबीचको सम्बन्ध, दिगोपन, प्रदूषण नियन्त्रण, र प्राकृतिक स्रोतको संरक्षणमा जोड दिन्छ। यसले जीवविज्ञान, भूगोल, र समाजशास्त्रजस्ता विभिन्न विषयहरूलाई समेट्छ।

वातावरणीय विज्ञान भनेको पृथ्वीको वायुमण्डल र हावाको प्रक्रियासँग सम्बन्धित विज्ञान हो। यसमा मौसम, तापक्रम, हावाको दबाब, प्रदूषण, र जलवायु परिवर्तनका कारण र परिणामहरूको अध्ययन गरिन्छ। यो भौतिक र गणितीय विज्ञानसँग बढी सम्बन्धित हुन्छ र जलवायु पूर्वानुमान, हावापानी नियमन तथा ग्लोबल वार्मिङका प्रभावहरू बुझ्न मद्दत गर्छ।

पर्यावरण विज्ञान भन्नाले हावा, पानी, माटो, वनस्पति, जनावर र मानव गतिविधिहरूबीचको सम्बन्धको अध्ययन हो। यसले प्राकृतिक स्रोतको संरक्षण, प्रदूषण नियन्त्रण, दिगो विकास र मानव–प्रकृति सन्तुलनमा जोड दिन्छ। यो विज्ञानले जीवविज्ञान, भूगोल, समाजशास्त्र र अर्थशास्त्रजस्ता विविध विषयहरू समेट्छ। त्यस्तै, वातावरणीय विज्ञान पृथ्वीको वायुमण्डल, हावाको संरचना, तापक्रम, दबाब, आर्द्रता र मौसम प्रणालीको अध्ययनसँग सम्बन्धित हुन्छ। यसले जलवायु परिवर्तन, ग्रीनहाउस प्रभाव, र हावापानीका दीर्घकालीन र अल्पकालीन परिवर्तनहरू बुझ्न मद्दत गर्छ।

✍ लेखक: जीवन शर्मा, निगरानी दैनिकका प्रधान सम्पादक एवम् स्थानीय सरोकार पत्रिकाको प्रकाशक हुन् । शर्माले भूगोल, सुरक्षा र वैदेशिक क्षेत्रमा भएका विभिन्न गतिविधिलाई गराइमा खोज अन्वेषण/खोजीपत्रकारिता गर्ने गर्दछन् । उनका कयौ खोज अन्वेषण रिपोर्टले राज्यलाई सहयोग गर्याएको देखिन्छ ।

 

ads

सम्बन्धित खबर