मङ्गल, ०२ मंसिर २०८२ / November 18, 2025, Tuesday
मङ्गल, ०२ मंसिर २०८२
Advertisement
banner add

आज विश्व सुनामी सचेतना दिवस

writter
बुध, १९ कात्तिक २०८२
(Shares)

काठमाडौँ । आज नोभेम्बर ५, अर्थात 'विश्व सुनामी सचेतना दिवस' विश्वभर मनाइँदैछ। सन् २०१५ मा संयुक्त राष्ट्रसंघले आपत् व्यवस्थापनमा जापानको दीर्घ अनुभव र ‘ह्युगो फ्रेमवर्क’को सफल कार्यान्वयनलाई सम्मान गर्दै यस दिवस मनाउने निर्णय गरेको हो।

यस दिवसले समुद्री तटीय क्षेत्रका जनताको सुरक्षासँगै सम्पूर्ण विश्वलाई प्राकृतिक विपद्‌का लागि सचेत र तयार रहन सन्देश दिन्छ।

‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ ।

सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ । समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा समुद्री भूस्खलनका कारण उत्पन्न हुने विशाल छालहरूको शृङ्खलालाई सुनामी भनिन्छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ देखि हरेक वर्ष नोभेम्बर ५ लाई विश्व सुनामी सचेतना दिवसका रूपमा मनाउन प्रारम्भ भएको होे ।  

जापानको प्रस्तावमा सुरु गरिएको यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि नवीन अभ्यास र ज्ञान आदानप्रदानलाई जोड दिँदै आएको छ ।

राष्ट्रसङ्घका अनुसार अघिल्लो शताब्दीमा ५८ ठूला सुनामीले दुई लाख ६० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो ।

 सन् २००४ को हिन्द महासागर सुनामीमा धेरैले ज्यान गुमाएका थिए ।  

त्यसपछि जापानको ह्योगो क्षेत्रमा सम्पन्न कोबे सम्मेलनले १० वर्षे ह्योगो कार्ययोजना अङ्गीकार गरी विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी ढाँचा तयार पारेको थियो । यो ढाँचालाई ‘सेन्डाइ फ्रेमवर्क’ भनिन्छ । 

सुनामी केवल तटीय देशहरूको समस्या होइन, यसको प्रभाव सुदूर भूपरिवेष्ठित देशहरूमा समेत आर्थिक, सामाजिक र वातावरणीय रूपमा पर्न सक्छ।

विशेषगरी जलवायु परिवर्तनका कारण समुद्री सतह बढ्दै जाँदा र भूगर्भीय गतिविधि तीव्र हुँदै जाँदा सुनामीको जोखिम अझ बढेको छ।

जोखिम न्यूनीकरण र आपत् व्यवस्थापनमा वैज्ञानिक अध्ययन, प्रविधिको प्रयोग, पूर्वसूचना प्रणाली, जनस्तरमा सचेतना, र विद्यालयस्तरमै विपद् शिक्षाको समावेश अत्यावश्यक भएको छ।

नेपाल जस्तो भूपरिवेष्ठित देशमा पनि सुनामीजस्ता विपद्बाट प्रत्यक्ष नभए पनि परोक्ष असरजस्तै व्यापार, पर्यटन, जलस्रोत व्यवस्थापन, र मानवीय उद्धार–पुनःस्थापनामा महत्त्वपूर्ण प्रभाव पर्न सक्छ।

विश्व सुनामी सचेतना दिवसले हाम्रा नीति निर्माता, स्थानीय सरकार, र नागरिकलाई जोखिम न्यूनीकरणका अभ्यासमा निरन्तर लगानी गर्न स्मरण गराउँछ।

विपद् कहिल्यै समय बताएर आउँदैन। त्यसैले ‘सुनामी होस् वा भूकम्प’, प्रत्येक विपद्का लागि सचेत, तयार र जिम्मेवार नागरिक बन्ने अभियानमा आजको दिवसले सबैलाई एकजुट गराउने अवसर प्रदान गरेको छ।

ads

सम्बन्धित खबर