बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

रवीन्द्र ढाँटलाई नगद पुरस्कारसहित सम्मान

banner add
writter
बुध, २८ साउन २०८२
(Shares)

काठमाडौँ महानगरपालिकाले भारतमा हालै सम्पन्न म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाट र भारतमै  गतवर्ष सम्पन्न खोखो विश्वकपमा उपविजेता बनेको नेपालको पुरुष र महिला टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । 

महानगरद्वारा रवीन्द्र र खोखो टोली नगदसहित सम्मानित

महानगरपालिकाले ढाटलाई सम्मान गरेसँगै सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रदान गरिने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँलाई उक्त रकम प्रदान गरिने जानकारी बुधबार सामाजिक सञ्जाल फेसबुकबाट दिनुभएको हो । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई रु दुई लाख प्रदान गरिने निर्णय भएको जानकारी पनि दिनुभएको छ ।

गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्नुभएको हो ।

ads
ads
add
banner add

सम्बन्धित खबर