बुध, ०२ मंसिर २०८३ / November 18, 2026, Wednesday
बुध, ०२ मंसिर २०८३
Advertisement
banner add

गोकर्णेश्वर नगरपालिकालाई २६ करोड ९४ लाख बजेट प्राप्त, विभिन्न स्थानका सडक स्तरोन्नति हुने

banner add
writter
बुध, ०२ मंसिर २०८३
(Shares)

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट २६ करोड ९४ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गत संघीय सहरी विकास मन्त्रालयमार्फत उक्त बजेट प्राप्त भएको हो। नगरपालिकाभित्रका विभिन्न सडकहरूको स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माण गर्ने उद्देश्यले यो बजेट विनियोजन गरिएको हो।
नगरपालिकाले सहरी पूर्वाधार निर्माणका लागि मिति २०८३ असार ३२ गते सम्बन्धित मन्त्रालयमा बजेट माग गर्दै औपचारिक पत्र पठाएको थियो। साथै, आवश्यक समन्वय तथा सहजीकरणका लागि नगरपालिकाले आफ्नो तर्फबाट इन्जिनियरसमेत प्रतिनिधिका रूपमा तोकेको थियो।
नगरपालिकाबाट पठाइएका प्रस्ताव तथा आवश्यक कागजातका आधारमा मन्त्रालयले बजेट स्वीकृत गरेको जानकारीसहितको पत्र नगरपालिकामा प्राप्त भएको छ।
यस बजेटको स्वीकृतिसँगै गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानका सडक स्तरोन्नति तथा सहरी पूर्वाधार विकासले थप गति लिने अपेक्षा गरिएको छ।
नगरपालिकाको विकास निर्माणका लागि बजेट उपलब्ध गराउन सहयोग, समन्वय र पहल गर्ने संघीय सरकार, सम्बन्धित मन्त्रालय तथा सम्पूर्ण सहयोगी निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

ads
ads
add
banner add

सम्बन्धित खबर