बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो तीन अर्ब एक करोडको बजेट

banner add
writter
मङ्गल, १७ असार २०८२
(Shares)

जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३ अर्ब एक करोड ९ हजार ४६३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

उपमहानगरको १३औँ नगरसभाबाट सोमबार उपप्रमुख किशोरी साहले प्रस्तुत गरेको बजेटमा चालूतर्फ एक अर्ब ६० करोड ११ लाख ३८ हजार ४६३ र पुँजीगततर्फ एक अर्ब ४० करोड ८८ लाख ७१ हजार विनियोजन गरिएको छ। जसमध्ये चालूतर्फको ५० करोड रकम सामाजिक सुरक्षा भत्ताका लागि छुट्याइएको छ।

आव ०८१/८२ मा उपमहानगरले चालूतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७१ प्रतिशत प्रगति भएको जनाएको छ।

शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी न्यूनीकरण, ग्रामीण विद्युतीकरण, हरित सहरलगायतका योजनालाई केन्द्रमा राखेर आगामी आवको बजेट ल्याइएको उपप्रमुख किशोरी साहले बताए। बजेटले उपमहानगरपालिकाको चौतर्फी विकासमा टेवा पुग्ने उनको दाबी छ।

यसअघि ९ असारमै मेयर मनोजकुमार साहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।
 

ads
ads
add
banner add

सम्बन्धित खबर