स्थानीय सरोकार : प्रत्यक्ष कुराकानीमा लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावतीसँगको कुराकानी
स्थानीय सरवकार: विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने मुल नाराका साथ प्रषारण भैरहेको कार्यक्रम स्थानीय सरोकार हरेक दिन बिहान ६:३० देखि ७:०० बजे सम्म रेडियो आहा 104.5 MHz , www.radioaaha.com, सामाजिक सञ्जाल फेसबुक/रेडियो आहा, youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा संसारभर एकैसाथ सुन्न सकिन्छ ।
प्रत्यक्ष कुराकानी लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावतीसँगको अन्तरकृयात्मक कार्यक्रममा रेडियो आहा 104.5 MHzमा प्रस्तोता जीवन शर्मासँगले गर्नु भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अनुसूची ८ मा २२ वटा एकल अधिकार स्थानीय सरकारलाई दिएको छ । आम नागरिकहरु, स्थानीय निकायमा भैरहेको काम कर्तव्य प्रति त्यति धेरै खुसी भएको पाइदैन! याँहाको स्थानीय सरोकार : प्रत्यक्ष कुराकानीमा लेटाङ नगरपालिकाको सेवा प्रभाव कस्तो छ ? विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा भावी योजना र रणनितिहरु के- कसरी अगाडी बढाएर यस पिक्कल गाउँपालिका अगाडी बढेको छ?
लेटाङ नगरपालिका कार्यसम्पादन, सुशासन एवम् पब्लिक अडिटका आधारमा धार्मिक सहिष्णुता नगरपालिकाको रुपमा घोषित छ । अन्तर धार्मिक शान्ति पार्कको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । धार्मिक सहिष्णुताल नगरपालिका भनेर चिनाउने मुख्य आधार के के हुन् ?
आर्थिक बर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्क्कन (लिजा) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरे) र महालेखा परीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८२ अनुसूची २१ अनुरुप यस पालिकाले कस्तो अंक हाशिल गरेको छ ?
हालै यस पालिकाको वडा नं ३ का वडा अध्यक्ष लगाएत सबै कर्मचारी सूचना सर्वजनि गर्दै भ्रमणमा जानुभयो? नागरिकको सेवालाई बञ्चित गर्दै कार्यलय बन्द गर्न मिल्छ? यदि मिल्दैन भने अब संविधानको धारा ५६ अनुरुप अनुसुची ८ का २२ अधिकारमा रहि धारा २९५ को (उपधारा ३) अनुरुप मात्र स्थानीय सरकार र वडा कार्यालय बन्द गर्न मिल्छ । अन्य समायमा संविधानले वन्द गर्न मिल्दैन भनेको छ?
लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावतीसँगको यस प्रत्यक्ष कुराकानीमा भन्नु भयो ।
नगरका विकास योजना, सेवा वितरण र नागरिक सरोकारका विषयमा केन्द्रित चर्चा गरिएको छ। प्रमुख लावतीका अनुसार नगरले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकता दिँदै आएको छ।
उहाका अनुसार, “लेटाङलाई हराभरा र आत्मनिर्भर नगरका रूपमा रूपान्तरण गर्ने हाम्रो लक्ष्य हो। कृषि प्रवर्द्धन, स्थानीय उद्योग विकास र सरसफाइका अभियान निरन्तर चलिरहेका छन्।”
नगरपालिकाले जनसहभागितामार्फत योजना छनोट गर्ने परम्परा स्थापना गरेको पनि उनले बताए। डिजिटल सेवा विस्तार, विद्यालय सुधार र वातावरणीय व्यवस्थापनजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति भएको लावतीको दाबी छ।
-धार्मिक सहिष्णुताको नमूना नगर घोषणा
लेटाङ नगरपालिका हालै धार्मिक सहिष्णुता नगरपालिका” का रूपमा घोषित भएको छ।विविध धर्म, संस्कृति र समुदायबीच आपसी सम्मान र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नगरले यो ऐतिहासिक कदम चालेको हो।
नगर प्रमुख भुपेन्द्र कुमार लावतीका अनुसार, लेटाङमा रहेका विभिन्न धर्मावलम्बीबीच सौहार्दपूर्ण सम्बन्ध नै नगरको पहिचान हो। यही मूल्यलाई संस्थागत रूपमा अघि बढाउन धार्मिक सहिष्णुता घोषणा गरिएको उनले बताए।
घोषणा कार्यक्रममा विभिन्न धर्मका प्रतिनिधि, समुदायका अगुवा र नागरिक समाजका व्यक्तिहरूको सक्रिय सहभागिता रह्यो। नगरले अब आगामी वर्षहरूमा साम्प्रदायिक सद्भाव, अन्तरधार्मिक संवाद र सांस्कृतिक संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।
लेटाङको यो घोषणा केवल औपचारिक होइन, सामाजिक एकता र समावेशी नगर निर्माणतर्फको प्रेरणादायी कदम हो।
पूरा कार्यक्रम : स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियो आहा 104.5 MHz , www.radioaaha.com , सामाजिक सञ्जाल फेसबुक/ रेडियो आहा, youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकैसाथ सुन्न सकिन्छ।