स्थानीय सरोकार : रेडियो आहा 104.5 MHz मा अन्तकृयात्कम कार्यक्रम विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने नाराका साथ तयार गरिएको हो । आजको अतितथि भेरीगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल हुनुहुन्थ्यो ।
- - आर्थिक बर्ष २०८०/०८१ को स्थानीय तह
संस्थागत क्षमता स्वमूल्याङ्क्कन (लिजा, स्थानीय तह
वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरे) र महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक
प्रतिवेदन, २०८२ अनुसूची २१ को (१), (२) र (3) अनुरुप
कति प्रतिशत नतिजा ल्यएर यस पालिकाले काम गरिरहेको छ ? साथै यसै
बर्षबाट स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन अर्थात (LGPASS)
कार्यविधि
२०८२ लागु कार्यन्वयन लागि निर्देशन जारी भएको छ ।वित्तिय शुसान, कार्यसम्पादन
एवम् स्वमूल्याङ्कनमा कसरी काम भैरहेको छ ?
- - संविधानको अनुसूची ८ र स्थानीय सरकार
सञ्चालन ऐन, २०७४ अनुसार, शिक्षा क्षेत्रको
योजना निर्माण, स्कूल स्थापना, शिक्षक व्यवस्थापन, पाठ्यक्रम
कार्यान्वयन, भौतिक पूर्वाधार
विकास र बजेट व्यवस्थापन स्थानीय तहको जिम्मेवारी बुँदा ८ अन्तर्गत आधारभूत र माध्यमिक शिक्षा रहेको छ । यस नगरपालिकाको
शिक्षा प्रणालीका स्थापित विगमा सिकाएको पाठका आधारमा विद्यमान कानुनी र संस्थागत
प्रकिृयालाई सुसधारलाई कसरी अगाडी बढाउनु भएको छ ? गुणस्तरीय शिक्षा, स्वास्थ्य र
सरसफाइ क्षेत्रमा याहाँ निर्वनचित पस्चात भएका सुधारका कार्यहरु साथै संमृद्ध र
सुशासनका लागि नगरपालिकाले नयाँ रणनितिका साथ काम गर्ला?
- - भेरीगंगा नगरपालिकामा चक्रपथ तथा रिङ्गरोड
निर्माण कार्यलाई अगाडी बढाउन संघ तथा प्रदेश सरकार र सरोकार वालाहरुसँग आवश्यक
छलफल र योजना तर्जुमा तयार गर्दा कसरी गर्ने गर्नुहुन्छ भौतिक पर्वाधार अन्तर्गत- "सडक सञ्जाल र
भौतिक संरचनाको नयाँ रणनिति कसरी तयार गरी काम गरिरहनु भएको छ?
- - पर्यटन प्रबर्द्धन अन्तर्गत भेरीगंगा
नगरपालिका पर्यटकीय क्षेत्रहरु बराहडाँडा, गिद्धेडाँडा
डुमकोटडाडा देउतीबज्यै मन्दिर गुर्गा मन्दिर मेक्तेश्वर मन्दिर शाश्वर मन्दिर
रामजानकी मन्दिर शहिदपार्क सिद्धिचुली पिक्निकपार्क चमेरे गुफम मष्ट लगमएतका
पर्यठकीय क्षेत्रले आन्तरिक एवम् बाह्य पर्यटको आकर्षणमा कस्तो टेवा पुर्याउन
सक्कला?
- - यस भेरीगंगा नगरपालिकाको मुख्य समस्या र चुनौतिहरु के के छन् ?
यीनै बिषयको पेरिफेरीमा कराकानी भयो । स्थानीय सरकार जनताको
सबैभन्दा नजिकको शासन तह हो। यही तहमा गरिने निर्णयले नागरिकको दैनिकी, सेवासुविधा, पूर्वाधार
र भविष्यको दिशा निर्धारण गर्छ। भेरीगंगा नगरपालिका पनि यस्तै अपेक्षा, चुनौती र
सम्भावनाको संगम हो। यस सन्दर्भमा नगर प्रमुखसँग गरिएको विशेष कुराकानीले नगरको
वर्तमान अवस्था, प्राथमिकता र आगामी बाटोबारे महत्वपूर्ण संकेत दिएको छ।
कुराकानीका क्रममा नगर प्रमुखले सुशासन, पारदर्शिता
र जनसहभागितालाई प्रशासनको केन्द्रमा राख्ने प्रतिबद्धता दोहोर्याउनुभयो। स्थानीय
सरकारको प्रभावकारिता केवल बजेट खर्चमा होइन, परिणाममा
देखिनुपर्ने उहाँको भनाइ थियो। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी
र रोजगारीलाई प्राथमिक क्षेत्रमा राख्दै स्रोतको विवेकपूर्ण उपयोग गरिने स्पष्ट
दृष्टिकोण प्रस्तुत भयो।
विशेषगरी पूर्वाधार विकासमा “आवश्यकता आधारित
योजना” अपनाइने संकेत सकारात्मक छ। सडक विस्तार मात्र होइन, दीगो
मर्मत, सुरक्षित यातायात र ग्रामीणशहरी सन्तुलनमा ध्यान दिनुपर्ने
आवश्यकता औँल्याइएको छ। त्यस्तै, स्वास्थ्य सेवामा आधारभूत सुविधाको
पहुँच विस्तार र विद्यालय शिक्षाको गुणस्तर सुधार नगरको दीर्घकालीन लगानीका रूपमा
हेरिएको छ।
कुराकानीले रोजगारी र आर्थिक सशक्तीकरणको विषयलाई पनि छुन
सफल भयो। स्थानीय उत्पादन, कृषि मूल्य श्रृंखला, साना तथा
घरेलु उद्योग प्रवर्द्धनमार्फत युवालाई नगरमै अवसर सिर्जना गर्ने दृष्टिकोण
समयसापेक्ष छ। संघ, प्रदेश र निजी क्षेत्रसँगको सहकार्यलाई
व्यवहारिक ढंगले अघि बढाउने प्रतिबद्धताले कार्यान्वयनको सम्भावना बढाउँछ।
तर प्रतिबद्धता मात्र पर्याप्त हुँदैन। कार्यान्वयन, अनुगमन र
उत्तरदायित्व नै स्थानीय शासनको परीक्षा हो। नागरिकको अपेक्षा उच्च छ; त्यसैले
योजना छनोटदेखि कार्यान्वयनसम्म नागरिक सहभागिता सुनिश्चित गर्नु अपरिहार्य छ।
आलोचना सुन्ने, सुझाव ग्रहण गर्ने र गल्ती सुधार्ने संस्कृतिले मात्र
विश्वास बलियो बनाउँछ।
—भेरीगंगा नगरपालिकाको भविष्य समावेशी योजना, पारदर्शी
प्रशासन र परिणाममुखी कार्यान्वयनमा निर्भर छ। नगर प्रमुखसँगको यो विशेष
कुराकानीले आशाको झिल्को दिएको छ। अब त्यो आशालाई व्यवहारमा उतार्ने जिम्मेवारी
नेतृत्वसँगै सम्पूर्ण नगरवासीको साझा दायित्व हो।
पूरा कार्यक्रम : स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियो आहा 104.5 MHz , www.radioaaha.com, सामाजिक सञ्जाल फेसबुक/ रेडियो आहा, youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकैसाथ सुन्न सकिन्छ।