स्थानीय सरोकार: विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने मुल नाराका साथ प्रषारण भैरहेको कार्यक्रम स्थानीय सरोकार हरेक दिन बिहान ६:३० देखि ७:०० बजे सम्म रेडियो आहा 104.5 MHz , www.radioaaha.com, सामाजिक सञ्जाल फेसबुक/रेडियो आहा, youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा संसारभर एकैसाथ सुन्न सकिन्छ ।
रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीसँगको अन्तरकृयात्मक कार्यक्रममा रेडियो आहा 104.5 MHzमा प्रस्तोता जीवन शर्मासँगले गर्नु भएको हो ।
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अनुसूची ८ मा २२ वटा एकल अधिकार स्थानीय सरकारलाई दिएको छ । आम नागरिकहरु, स्थानीय निकायमा भैरहेको काम कर्तव्य प्रति त्यति धेरै खुसी भएको पाइदैन! याँहाको रास्कोट नगरपालिकाको सेवा प्रभाव कस्तो छ ?
-याँहा निर्वाचित भएर आए पश्चात, तपाईको घोषर्णा पत्रमा आम नागरिकहरुलाई गरेका बाँचाहरु के कति पूरा भए ?
-रास्कोट नगरपालिकाको हक हितका लागी के कस्ता परियोजनाहरु कसरी अगाडी बढाएको छ? त्यसै गरी रास्कोट नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्क्कन (लिजा, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरे) र महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८२ अनुसूची २१ को (१) (२) र (3) अनुरुप कति प्रतिशत नतिजा ल्यएर यस पालिकाले काम गरिरहेको छ ?
-आर्थिक आन्तरिक स्रोतको हिसाबले, रास्कोट नगरपालिकाको आन्तरिक राजश्व संकलन कस्तो छ? योजना छनोट गर्दा, स्थानीय नागरिकहरुको सहभागितालाई कसरी सुनिश्चित गर्दै आउनु भएको छ ?
यी नै बिषयको पेरीफेरीमा रहेर कुराकानी गरिएको छ । स्थानीय तहले जनजीवनमा पर्ने प्रभाव प्रत्यक्ष र तत्काल हुन्छ।शिक्षा, स्वास्थ्य, कृषि, सडकदेखि खानेपानी, रोजगारी र समग्र विकासका आधारभूत सेवा–सुविधाको मुख्य जिम्मेवारी आज स्थानीय सरकारकै काँधमा छ। यिनै विषयहरूमा जनताका प्रश्न सुनिनुपर्छ, उत्तर दिनुपर्छ, र समाधानका प्रक्रिया पारदर्शी रूपमा अघि बढ्नुपर्छ।
यही आवश्यकतालाई आत्मसात गर्दै ‘रास्कोट नगरपालिकाका नगर प्रमुखसँग प्रत्यक्ष कुराकानी’ जस्ता पहलहरू अत्यन्त स्वागतयोग्य छन्। यस किसिमको संवादले जनप्रतिनिधि र नागरिकबीच दूरी घटाउँछ, विश्वास बढाउँछ र योजनाहरू जनमुखी बन्न मद्दत गर्छ।
रास्कोट नगरका सरोकारवाला नागरिकहरूले उठाएका समस्या पूर्वाधार विकासमा ढिलाइ, स्वास्थ्य सेवाको अभाव, युवालाई रोजगारका अवसर, र ग्रामीण बस्तीका आधारभूत सेवामा असमानता यथार्थका कड्का हुन्।
नगर प्रमुखले यी प्रश्नको जवाफ दिन तयार भएर सार्वजनिक मञ्चमा उभिनु नै जिम्मेवारीबोधका दृष्टिले सकारात्मक संकेत हो। तर उत्तर सुन्नु मात्रै पर्याप्त हुँदैन; यथार्थमा देखिने कार्यान्वयन नै जनताको विश्वासको परीक्षण हो।
स्थानीय सरकारका योजनाहरूले कागजमा मात्र होइन, फिल्डमा परिणाम दिनुपर्छ। नीति पारदर्शी हुनुपर्छ, बजेट चुस्तरूपमा प्रयोग हुनुपर्छ, र विकासका प्राथमिकताहरू तथ्य, आवश्यकता र समावेशी दृष्टिकोणमा आधारित हुनुपर्छ।
नगर प्रमुखले गरेका प्रतिबद्धता—शिक्षा र स्वास्थ्यमा सुधार, नीति कार्यान्वयनमा गतिशीलता, तथा युवा–मैत्री कार्यक्रम—प्रशंसनीय छन्, तर जनताले यिनको प्रभाव दैनिक जीवनमा महसुस गर्न पाउनुपर्छ।
जनतासँग प्रत्यक्ष संवादको संस्कृतिले स्थानीय शासनलाई थप जवाफदेही बनाउँछ। यस्तो संवाद नियमित, खुला र परिणाममुखी हुनुपर्छ। रास्कोटमा सुरु गरिएको यो प्रयासले स्थानीय लोकतन्त्रलाई बलियो बनाउने, सेवा प्रवाह सुधार गर्ने र विकासका बाधा पहिचान तथा समाधान गर्ने मार्ग देखाएको छ।
यो कार्यक्रमको मूल उद्देश्य स्थानीय तहमा भइरहेको विकास निर्माण, सेवा प्रवाह, सुशासन र जनताको सहभागिताबारे सार्थक संवाद स्थापना गर्नु हो।
स्थानीय सरकार देशको मूल इकाइ हो, जसको सक्रियता र जवाफदेहिताले मात्र स्थायी विकासको मार्ग प्रशस्त गर्न सक्छ।
पूरा कार्यक्रम : स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियो आहा 104.5 MHz , www.radioaaha.com , सामाजिक सञ्जाल फेसबुक/ रेडियो आहा, youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकैसाथ सुन्न सकिन्छ।