स्थानीय सरोकार : नेपाल नगरपालिका संघका अध्यक्ष एवम् निलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम ढुंगाना सँग प्रत्यक्ष कुराकानी रेडियो आहा 104.5 MHz द्वारा प्रसारित “स्थानीय सरोकार” अन्तरकृयात्मक कार्यक्रममा अतिथि नगर प्रमुख भिम ढुंगाना रहनुभयो।
पछिल्लो समय नेपाल नगर पालिका संघले के-कस्तो काम गर्दै आएको छ ।संमग्र नगरपालिकाहरुको हक हितका लागी के कस्ता परियोजनाहरु कसरी अगाडी बढाएको छ।
संघ र नगरपालिकामा अवश्वर, समस्या र चुनौतीहरु के-के छ त ? यिनै बिषयका पेरीफेरीमा रहेर कुरा-कानी गर्नेछौ ।
स्थानीय तहको सुदृढीकरण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सुधारका विषयमा निरन्तर छलफल हुँदै आएको कार्यक्रम ‘स्थानीय सरोकार’को यस अंकमा हामीले नेपाल नगरपालिका संघका अध्यक्ष एवम् निलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम ढुंगानासँग प्रत्यक्ष कुराकानी गरेका छौं।
संघीय शासन व्यवस्थापछि स्थानीय तहले पाएको अधिकार, त्यसको कार्यान्वयनमा देखिएका चुनौती, नगरपालिकाबीचको समन्वय र संघीय–प्रदेश सरकारसँगको सम्बन्धबारे ढुंगानाको अनुभव र दृष्टिकोण यस संवादमा केन्द्रित छ। साथै, निलकण्ठ नगरपालिकाले सुशासन, पारदर्शिता र विकासका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू तथा आगामी प्राथमिकताहरू पनि छलफलका मुख्य विषय बनेका छन्।
संघीय शासन व्यवस्थाले नेपालमा स्थानीय सरकारको अधिकार र जिम्मेवारीलाई संस्थागत बनाएको छ। यसको मूल उद्देश्य जनताको नजिक सरकार पुर्याउने, विकासलाई तल्लो तहसम्म प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने र सुशासनको अभ्यासलाई स्थायी बनाउन हो।
यस सन्दर्भमा निलकण्ठ नगरपालिका, धादिङ, देशका उत्कृष्ट र उदाहरणीय नगरपालिकामध्ये अग्रस्थानमा रहेको तथ्यले संघीयताले ल्याउन खोजेको रुपान्तरणलाई मूर्तरूप दिएको छ।
नगर प्रमुख भिम ढुंगानाको नेतृत्वमा निलकण्ठ नगरपालिकाले पछिल्ला वर्षहरूमा सेवा प्रवाह, पारदर्शिता र जनसहभागितामूलक शासन प्रणालीमा उल्लेखनीय सुधार गरेको देखिन्छ।
निलकण्ठ नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्क्कन (लिजा) मा ९३.५ प्रतिशत अंक भार ल्याउन सफल भएको छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरे) ९६.६ प्रतिशत अंक ल्याएको छ । महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८२ अनुसूची २१ को (१). (२) र (3) अनुरुप ०.१२ प्रतिशत नतिजा ल्यएर सर्वोकृष्ठ नगरपालिका घोषित भएको नगरपालिका हो निलकण्ठ नगरपालिकाका ।
नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउन ई-गर्भनन्स प्रणाली, अनलाइन राजस्व भुक्तानी, खुला सूचना प्रवाह, र जनगुनासो व्यवस्थापन प्रणाली जस्ता नवीन अभ्यासहरू सुरु गरिएका छन्। यसले नगर प्रशासन र जनताबीचको दूरी घटाएको छ।
सुशासन मात्र होइन, विकासको गतिमा पनि निलकण्ठ नगरपालिका अग्रसर छ। सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, र कृषि क्षेत्रमा गरिएको लगानीले नगरवासीको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याएको छ। साथै, महिलामैत्री नीति, युवा उद्यमशीलता प्रवर्द्धन र वातावरण संरक्षणमा गरिएको कामले नगरलाई समावेशी र दिगो विकासको दिशातर्फ अघि बढाएको छ।
स्थानीय तहलाई जनमुखी र जिम्मेवार बनाउन संघले खेलेको भूमिका, नगर प्रमुखको नेतृत्वमा भइरहेको नवीन अभ्यास र स्थानीय विकासको नयाँ दृष्टिकोणबारे उनको विचार यस अंकमा प्रस्तुत गरिएको छ।
नेपाल नगरपालिका संघका अध्यक्षको रूपमा ढुंगानाको नेतृत्वले देशभरका नगरपालिकाबीच समन्वय र नीति संवादलाई सशक्त बनाएको छ। स्थानीय तहको अधिकार सुनिश्चित गर्न, स्रोत–साधनको न्यायोचित बाँडफाँटका लागि संघीय र प्रादेशिक तहसँग प्रभावकारी संवाद गर्न संघ सक्रिय बनेको छ।
निलकण्ठ नगरपालिकाको अनुभवले देखाउँछ । सुशासन, पारदर्शिता र नागरिक साझेदारीलाई प्राथमिकता दिने नेतृत्वले स्थानीय सरकारलाई जनमुखी र परिणाममुखी बनाउन सक्छ।
कार्यक्रमले नेपाल नगरपालिका संघका अध्यक्ष एवम् निलकण्ठ नगरपालिकाकाकोप्रगति, चुनौतीरसम्भावनाकोवास्तविकचित्रप्रस्तुतगरेकोछ।यसरीस्थानीयतहकाजिम्मेवारव्यक्तिहरूकोप्रत्यक्ष सहभागितासँगै रेडियोआहाको “स्थानीयसरोकार” कार्यक्रमजनताकोआवाजसुन्नरजिम्मेवार निकायसम्म पुर्याउन प्रभावकारी माध्यम बन्दैगएकोछ।
पूराकार्यक्रम : स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियोआहा 104.5 MHz , www.radioaaha.com , सामाजिकसञ्जालफेसबुक/ रेडियोआहा, youtube, टिकटकएवम्हाम्रोपात्रोएप्लिकेसनमालगिनगरीसंसारभरएकैसाथसुन्नसकिन्छ