काठमाडौँ । नाटक कलाको यस्तो विधा हो; जो यसमा डुब्छ उसले मात्र नाटकलाई बुझ्छ । बाहिरबाट हेर्दा नाटकको उद्देश्य र महत्व मनोरञ्जन जस्तो मात्र देखिन्छ तर रङ्गकर्मी भने यसभित्र जीवन नै लुकेको बताउँछन् ।
नाटकले धेरै कलाकारलाई जन्माएको छ । कोही औपचारिक शिक्षा लिएर नाटकमा लागेका छन् भने कोही आफ्नो अनुभव र स्वअध्ययनले । रङ्गमञ्चमा आफ्नो भविष्य खोज्ने, नाटकलाई योगदान दिन चाहने र यसबाट आफ्नो जीवनमा केही लिन चाहने थुप्रै युवा अहिले रङ्गमञ्चमा होमिएका छन् ।
कुनै बेला नाटकबाट जीवन चलाउन धौ धौ पथ्र्याे तर अहिले नाटकका कलाकारले नामसँगै दाम पनि कमाउन थालेका छन् । अहिले नाटक सिक्नेको सङ्ख्या ह्वात्तै बढेको छ । कोही यसमा आफ्नो सोखका कारण लागेका छन् भने कोही केवल नाटक बुझ्न मात्र ।