बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड

banner add
writter
आइत, ०४ साउन २०८२
(Shares)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ हात पारेको छ । आईसीसीको वार्षिक कन्फरेन्समा यो अवार्ड क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले ग्रहण गरेका छन् ।

क्यानले लगातार दुई वर्ष यो अवार्ड जित्न सफल भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

यो समूहमा क्षेत्रीय विजेताको रुपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए ।

‘अब नेपालको लक्ष्य टेस्ट टोली बन्ने’
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवम् नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा नेपाली क्रिकेटबारे चर्चा गरेका छन् ।

सिङ्गापुरमा भएको आईसीसीको वार्षिक सम्मेलनमा सचिव खड्काले नेपाली क्रिकेट र नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बारेमा चर्चा गरेका हुन् । उनले सम्मेलनमा नेपाली क्रिकेटको उपलब्धि, आउँदो दशकको योजना प्रस्तुत गरे ।

खड्काले अन्तर्राष्ट्रियस्तरमा नेपालले प्राप्त गरेका सफलतासँगै महिला क्रिकेटको प्राथमिकता, संरचनागत सुधारबारे पनि चर्चा गरे । उनले नेपाल अब ठूलो प्रतियोगिताका लागि तयार भएको बताएका छन् ।

सम्मेलनमा सचिव खड्काले नेपाली क्रिकेटले डिभिजन ५ देखि एकदिवसीय मान्यतासम्म आइपुग्न दुई दशकमा निकै सङ्घर्ष गरेको र अब छिट्टै टेस्ट राष्ट्र बन्ने विश्वास पनि व्यक्त गरे ।

क्यानको तर्फबाट गएको वर्ष सञ्चालन भएको एनपीएललाई उनले अन्तर्राष्ट्रियस्तरमै ध्यान खिचेको उल्लेख गरे ।

एनपीएलमा भारतका शिखर धवन र न्युजिल्यान्डका जिमी निसम लगायत खेलाडीलाई ल्याउनु सफलता भएको सचिव खड्काको भनाइ थियो ।

ads
ads
add
banner add

सम्बन्धित खबर