शनि, २४ असोज २०८३ / October 10, 2026, Saturday
शनि, २४ असोज २०८३
Advertisement
banner add

हरमनप्रीतले दिइन् कप्तानको जिम्मेवारीबाट राजीनामा

banner add
writter
शनि, २४ असोज २०८३
(Shares)

भारतीय महिला क्रिकेट टोलीकि कप्तान हरमनप्रित कौरले क्रिकेटका तीन वटै फर्म्याटबाट कप्तानी छोड्ने घोषणा गरेकि छिन् । ३७ वर्षीय कौरले सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त कुराको जानकारी गराएकि हुन् । कौरले अब कप्तानीको जिम्मेवारीबाट मुक्त रहदै खेलाडीको रुपमा खेल खेल्ने बताएकि छिन्।

हरमनप्रीतले सन् २०१६ मा भारतीय महिला टी-२० क्रिकेट टोलीको कप्तानी सम्हालेकि थिइन् । त्यस्तै सन् २०२२ मा एकदिवसिय क्रिकेट र सन २०२३ मा टेष्ट क्रिकेटको कप्तान बनेकि थिइन् । हरमनप्रितले १० वर्ष भारतीय महिला क्रिकेटको कप्तान सम्हाल्दा भारतले ऐतिहासिक सफलता दिलाउन सफल भएकि थिइन्।

हरमनप्रीतको कप्तानीमा गत वर्ष भारतले महिला एकदिवसिय क्रिकेट विश्वकपको उपाधि जितेको थियो । भारतले कुनैपनि फर्म्याटमा विश्वकपको उपाधि जितेको त्यो पहिलो पटक थियो । त्यस्तै, कौरले लगातार आफ्नो कप्तानीमा भारतलाई एसियाली खेलकुद प्रतियोगितमा स्वर्ण पदक दिलाउन सफल भएकि थिइन्।

ads
ads
add
banner add

सम्बन्धित खबर