काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालको पदक जित्ने सम्भावना समाप्त भएको छ।
बिहीबार समूह ‘ए’ को आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपालको यात्रा समूह चरणमै सीमित बनेको हो।
इन्डोनेसियाले नेपाललाई पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–२० ले पराजित गर्यो।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि ३–० को सोझो सेटमा पराजित भएको थियो। जापानसँग नेपाल २५–८, २५–१२ र २५–११ ले पराजित भएको थियो।
समूह ‘ए’ मा लगातार दुई खेल गुमाएसँगै जापान र इन्डोनेसिया क्वार्टरफाइनलमा पुगेका छन्। नेपालले भने अब क्लासिफिकेसन राउन्डका खेल खेल्नेछ।