मङ्गल, ०९ असार २०८३ / June 23, 2026, Tuesday
मङ्गल, ०९ असार २०८३
Advertisement
banner add

नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको बैंगलोरमा प्रशिक्षण गर्ने

banner add
writter
आइत, ०४ साउन २०८२
(Shares)

काठमाडौं । आगामी आइसिसी टी–२० विश्वकप छनोटलाई लक्षित गर्दै नेपाली क्रिकेट टोली दोस्रो चरणको तयारीका लागि भारत जाने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रशिक्षण शिविर जुलाई २१ देखि अगस्ट ३ सम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा सञ्चालन हुनेछ।

भारतस्थित नेपाली दूतावासको समन्वयमा आयोजना हुने यस शिविरमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को समेत सहकार्य रहेको छ।

क्यानका अनुसार हाल नेपालमा बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीमध्ये २० जना खेलाडी उक्त शिविरमा सहभागी हुनेछन् भने बाँकी १२ खेलाडीले नेपालमै नियमित प्रशिक्षण जारी राख्नेछन्।

ads
ads
add
banner add

सम्बन्धित खबर