बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

क्यानलाई आईसीसीको डिजिटल फ्यान इंगेजमेन्ट अवार्ड

banner add
writter
बुध, ०७ साउन २०८२
(Shares)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लगातार दोस्रो वर्ष आईसीसी डिजिटल फ्यान इंगेजमेन्ट अफ द इयर अवार्ड जितेको छ। सामाजिक सञ्जालमार्फत प्रशंसकसँग उत्कृष्ट समन्वय कायम गरेबापत नेपाललाई यो सम्मान प्रदान गरिएको हो।

सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को वार्षिक सम्मेलनमा आइसिसी प्रमुख जय साहले क्यानलाई अवार्ड हस्तान्तरण गरे। एसिया क्षेत्रको विजेता बनेको नेपालले त्यसपछि ग्लोबल स्तरमा अन्य क्षेत्रका प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष अवार्ड हात पारेको हो।

सम्मेलनमा क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काको सहभागिता रहेको थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर