बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

१५ वर्षको उमेरमा दुई ओलम्पिक गोल्ड, २३ वर्षमा सन्यास

banner add
writter
बुध, ०७ साउन २०८२
(Shares)

ओलम्पिक खेलमा सर्वश्रेष्ठ प्रदर्शन गर्ने चीनका खेलाडीको चयन गर्दा डाईभिङ खेलाडी चेन रुओलिनको नाम अग्रपंतिमा आउँछ । उनले तीनवटा ओलम्पिकमा सबैभन्दा कम उमेरमा पाँच स्वर्ण जितेर चीनकि सर्वाधिक सफल ओलम्पियन समेत बन्न सफल भएकि छिन् ।

चीनको ओलम्पिक इतिहासलाई फर्केर हेर्दा केवल चार महिला खेलाडीले पाँच स्वर्ण पदक जित्न सफल भएका छन् । यस्तोमा रुओलिन त्यस्ती खेलाडी हुन्, जसले १५ वर्षको उमेरमा ओलम्पिकमा डेब्यू गर्दे २३ बर्षको उमेरमा सन्यास लिएकि थिइन् ।

रुओलिनले खेलेका तीन ओलम्पिकमा अपराजित रहदै पाँच स्वर्ण पदक जितेकि थिइन् । उनी कम उमेरमा चीनको तर्फवाट ओलम्पिकमा सर्वाधिक पाँच स्वर्ण पदक जित्ने पहिलो खेलाडी रुपमा समेत चिनिन्छिन् ।

चेन रुओलिनले सन् २००८ को बेइजिङ ओलम्पिकमा १५ वर्षको उमेरमा डेब्यू गरेकि थिइन् । उनले उक्त ओलम्पिकमा १० मिटर प्लेटफर्म र १० मिटर सिन्क्रो प्लेटफर्ममा दुई स्वर्ण पदक जितेकि थिइन । त्यस्तै सन २०१२ को लण्डन ओलम्पिकमा पनि रुओलिनले यी दुवै इभेन्टमा पुन: दुई स्वर्ण पदक जित्न सफल भएकि थिइन् ।

यसैगरि सन् २०१६को रीयो ओलम्पिकमा उनले एक इभेन्टमा मात्र अर्थात सिंग्रो प्लेटफर्ममा प्रतिस्पर्धा गरेकि थिएन । उक्त इभेन्टमा पनि उनले स्वर्ण पदक जितेर ओलम्पिकमा अपराजित रहदै आफ्नो पदक संख्या पाँच पुर्याउन सफल भएकि थिइन् ।

अक्टोबर २०१६ मा २३ बर्षको उमेरमा रुओलिनले सक्रिय खेल जीवनबाट सन्यास लिएकि थिइन् । रियो ओलम्पिक भन्दा पहिले उनको घाँटीमा आएको समस्याले गर्दा उनले २३ वर्षको कलिलो उमेरमै खेलकुदबाट सन्यासको घोषणा गर्नु परेको थियो ।

यदि उनले चोटका कारण बावजुद पनि आफ्नो खेल जीवनलाई सक्रिय राखेको भए उनको जीवन खतरामा पर्न सक्थ्यो । यहि जोखिमका कारण डाक्टरको सल्लाह अनुसार उनले छोटो समयमा नै खेलकुदवाट सन्यास लिनु परेको थियो ।

ads
ads
add
banner add

सम्बन्धित खबर