मङ्गल, ०२ मंसिर २०८२ / November 18, 2025, Tuesday
मङ्गल, ०२ मंसिर २०८२
Advertisement
banner add

रेडियो आहा 104.5 MHz मा स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रममा मरिण गउँपालिका - अधयक्ष विमर्स मोम्तान

writter
मङ्गल, १८ कात्तिक २०८२
(Shares)

स्थानीय सरोकार/ सिन्धुली । सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक कपिलाकोट, कल्पबृक्ष र महादेवस्थान ३ गा.वि.स. समेटी गठन गरेको क्षेत्र नै मरिण गाउँपालिका हो । यस गाउँपालिकाको नामाकरण सिन्धुली जिल्लाकै प्रसिद्द खोला मरिण खोलालाइ आधार मानी गरिएको छ । 

पूर्वमा कमलामाइ नगरपालिकाको सीमा क्षेत्र, पश्चिममा हरिहरपुरगढी गाउँपालिका, उत्तरमा काभ्रे जिल्ला र घ्याङ्लेख गाउँपालिका र दक्षिणमा सर्लाही जिल्लाको सीमा क्षेत्र फैलीएको यस गाउँपालिकाको भौगालिक कुल क्षेत्रफल ३२४.५५ बर्ग कि.मि. र वडा सङ्ख्या ७ रहेको छ । भौगालिक धरातलीय रुपमा समथर फाँट, चुरे क्षेत्र, खोला खोल्सी, अग्लो होचो डाँडा काँडा देखि महाभारत रेञ्ज सम्मको भूभाग रहेको छ । 

गाउँपालिकाको मध्य भागमा मरिण नदी,  उत्तरमा महाभारत शृङ्खला रेञ्ज र दक्षिणमा चुरेशृखलाहरु रहेको छ । मानवीय रुपमा तामाङ बाहुल्यता रहेको यस गाउँपालिकामा मगर, माझी , विश्वकर्मा, दमाई, सार्की, बाहुन, क्षेत्री, नेवार लगायतका जातिहरु बसोबास रहेको यस गाउँपालिकाको कुल जनसङ्ख्या २८ हजार आठ सय आठ रहेको छ ।

मानवीय चेतना तथा भौतिक, आर्थिक र पूर्वाधार विकासको दृष्टिकोणबाट यस मरिण गाउँपालिका पिछडिएको देखिन्छ । पर्यटकीय हिसाबले पञ्चकन्या पोखरी, ठाकुर दरवार, धुरी ढुङ्गा र टुँडिखेल ऐतिहासिक महत्व बोकेको स्थानको रुपमा रहेको छ। यी ठाउँहरु पनि यसै गाउँपालिकामा पर्दछन् ।

दक्षिण तर्फ चुरे श्रृखला र उत्तर तर्फ महाभारत पर्वतको बीचमा अवस्थित मरिण खोंच क्षेत्र जैविक विविधता र प्राकृतिक श्रोतका हिसावले महत्वपूर्ण रहेको छ । मरिण खोला लगायतका विविध साना ठूला खोला, खहरेबाट सिञ्चित भइ आएको यो क्षेत्र परापूर्वक काल देखि नै अन्न र पशुजन्य उत्पादनको भण्डारको रुपमा यस जिल्लामा परिचित छ ।

परम्परागत कृषिमा निर्भर रहेको यो क्षेत्रमा हाल पशुपालन, तरकारी तथा फलफूलको व्यवसायीक खेती गर्ने प्रचलन बढ्दै गएको छ र सोही अनुरुपमा माग पनि बढ्दै गएको छ । यहाँ उपलब्ध जैविक विविधता र प्राकृतिक श्रोतको अधिकतम उपयोग गरी कृषि व्यवसायीकरण मार्फत तुलनात्मक लाभका बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्दि गरी स्वरोजगार, रोजगार र कृषि व्यवसायी बनाउने लक्ष अनुरुप दीर्घकालीन र अल्पकालीन योजना तर्जुमा तयार गर्ने कार्य भइरहेको छ । 

हरेक दिन बिहान ६:३० बजे देखि ०७:०० सम्म रेडियो आहा 104.5 MHz , www.radioaaha.com , सामाजिक सञ्जाल फेसबुक/ रेडियो आहा,  youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकैसाथ सुन्न सकिन्छ ।
.विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने मुल नाराका साथ प्रषारण हुने गर्दछ ।

मरिण गाउँपालिका शिक्षा क्षेत्रमा बाग्मती प्रदेशकै नमुना गाउँपालिका हो ।यस गाउँपालिकाले नितिगत कार्यसम्पादन एवम् विधि र पद्धती अनुफ शिक्षा क्षैत्रमा उत्कृठ हुदै आएको छ । 

आजको प्रमुख अतिति: – मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मोम्तान  विमर्स मोम्तान  हुनुहुन्छ ।बुबा चन्द्रमान मोक्तान र आमा ठुलीमाया  मोक्तानको कान्छो सन्तानका रुपमा वि.सं. २०४२ भदौ ३० गते सिन्धुलीमा जन्मनु भएको हो ।उहाँले उच्च शिक्षा  खयर साल माध्यामिक विद्यालयबाट शिक्षा हाँसिल गर्नु भयो ।अध्यक्ष निर्वाचित भएर आएपछि विकास निर्माण संवृद्धि र पुन: निर्माणमा उल्लखनिय काम गर्दै आएको छ । लिजा, एफआरे, माहालेखा र कार्यसम्पादन एवम् सूशासनमा काम गर्दै आउनु भएको छ ।  

मरिण गाउँपालिकाले आ.व. २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरी स्थानीय शासन प्रणालीमा उदाहरण प्रस्तुत गरेको छ। सेवा प्रवाह, पारदर्शिता, योजना कार्यान्वयन र जनउत्तरदायित्वका मापदण्डमा गरेको प्रगतिको आधारमा यस गाउँपालिकालाई प्रदेश र संघीय निकायले उच्च मूल्याङ्कन गरेको हो।

स्थानीय सरकारको भूमिका केवल योजना र बजेट बनाउनेमा सीमित नरही, ती योजनाको प्रभावकारी कार्यान्वयनमा देखिने प्रतिबद्धताले नै सुशासनको आधार बलियो बनाउँछ।

मरिण गाउँपालिकाले कृषि,  शिक्षा,  स्वास्थ्य र पूर्वाधार क्षेत्रमा दिगो र परिणाममुखी पहलका कारण स्थानीय नागरिकमा विश्वास बढाएको छ। साथै, सामाजिक समावेशिता र जनगुनासो समाधान प्रणालीलाई सशक्त बनाउने अभ्यासले यसको कार्यसम्पादनलाई थप विश्वसनीय बनाएको छ।

मूल्याङ्कनमा प्राप्त उत्कृष्टताको अर्थ केवल पुरस्कार वा प्रशंसा होइन; यो आगामी वर्षहरूमा अझ राम्रो शासन र जनसेवाको प्रेरणाको रूपमा लिनु जरुरी छ। मरिण गाउँपालिकाको यो सफलता अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी नमुना बन्न सक्छ जहाँ जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सहकार्यले मात्र वास्तविक विकास सम्भव हुन्छ।

पूरा कार्यक्रम : स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियो आहा 104.5 MHz , www.radioaaha.com , सामाजिक सञ्जाल फेसबुक/ रेडियो आहा,  youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकैसाथ सुन्न सकिन्छ 

 

ads

सम्बन्धित खबर