बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

सल्यानका तीन पालिकामा प्लास्टिकजन्य फूलमाला बिक्री-वितरणमा रोक

banner add
writter
शुक्र, १७ असोज २०८२
(Shares)

काठमाडौँ । सल्यानका तीन पालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री र वितरणमा रोक लगाउने निर्णय गरेको छ। यो कदम पर्यावरण संरक्षणतर्फको महत्वपूर्ण पहल हो। 

पछिल्लो समय बजारमा सजिलै पाइने र सस्तो हुने कारणले प्लास्टिकका फूलमाला प्रयोग बढ्दै गएको छ। तर यसले दीर्घकालीन रूपमा प्रकृतिमा नकारात्मक असर पार्दै आएको तथ्य बेवास्ता गर्न मिल्दैन।

प्लास्टिकले सजावट त सहज बनाउँछ, तर यसको प्रयोगपछि नष्ट गर्न कठिन हुन्छ। जलाउन खोज्दा वायुमण्डलमा विषालु ग्यास फैलिन्छ, फाल्दा जमिन र पानी दुवै प्रदूषित हुन्छन्। यस्तो अवस्थामा पालिकाहरूले स्थानीयस्तरमै नियन्त्रणका प्रयास गर्नु आवश्यक थियो। यसलाई सकारात्मक दृष्टिले लिनुपर्छ।

परम्परागत रूपमा दशैं–तिहार लगायतका चाडपर्वमा फूलमाला प्राकृतिक फूलबाटै बनाइने गर्थियो। यसले कृषिलाई प्रोत्साहन दिन्थ्यो र स्थानीय उत्पादनलाई बजार दिने अवसर पनि मिल्थ्यो। तर प्लास्टिकको सहज उपलब्धताले कृषिजन्य उत्पादनको मूल्य घटाउन मात्र होइन, वातावरणीय समस्या पनि थप्दै गएको छ।

नगरपालिकाले प्लास्टुकजन्य फूलमाला बिक्री-वितरण गर्नेलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनेसमेत चेतावनी दिएको छ।

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै प्लास्टिकजन्य माला र अन्य पटाकाजन्य वस्तुको उत्पादन र बिक्रीमा पनि रोक लगाएको जानकारी दिए। उनका अनुसार नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ (१)ले दिएको कानुनी अधिकार प्रयोग गरी कार्यपालिकाको बैठकबाट निर्णय गरिएको हो।

त्यसैले पालिकाले प्लास्टिकजन्य फूलमालामा लगाएको रोक प्राकृतिक फूल उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीय महिलामाझ रोजगार सिर्जना गर्ने र वातावरण संरक्षण गर्ने दूरगामी दृष्टिकोण हो। अब पालिका मात्र होइन, सबै स्थानीय तहले यसबाट प्रेरणा लिएर यस्तो व्यावहारिक कदम चाल्न जरुरी छ।

हाम्रो आग्रह छ—सस्तो र सजिलो भनेर प्लास्टिकतर्फ नधसौं। वातावरणमैत्री परम्परा जोगाउँदै प्राकृतिक फूलमाला प्रयोगमा जोड दिऔं। यही नै दिगो विकास र स्वस्थ जीवनको बाटो हो।

ads
ads
add
banner add

सम्बन्धित खबर