काठमाडौं । पशुपति आर्यघाट देशकै प्रमुख संस्कारस्थल हो । यहाँ दैनिक रूपमा विभिन्न हिन्दू संस्कारअनुसार अन्त्येष्टि क्रिया सम्पन्न हुन्छ । यस्ता धार्मिक र भावनात्मक स्थलहरू शुद्धता, पवित्रता र अनुशासनको प्रतीक मानिन्छन् । तर पछिल्ला दिनहरूमा यहाँ शव जलाउने क्रममा देखिएका शंकास्पद गतिविधिहरूले गम्भीर प्रश्न उठाएका छन् ।
पशुपति आर्यघाटमा शव जलाउँदा शंकास्पद गतिविधि गरेको आरोपमा पक्राउ परेका काभ्रेका गणेश ढकाल २०५५ सालदेखि नै शव जलाउने काम गरिरहेका ब्यक्ति हुन्। शव जलाउने क्रममा उनीहरुले शंंकास्पद गतिविधि गरेको भन्दै मृतकका आफन्तले प्रहरीमा खबर गरेपछि शव जलाउने काम गर्ने ढकाल र बिनायक मैनाली पक्राउ परेका हुन् ।
उनीहरु शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी परिसरका एसपी कुलदिप चन्दले जानकारी दिए । उनीहरुलाई गौशाला प्रहरी वृत्तमा राखेर प्रहरीले अनुसन्धान जारी राखेको छ ।
मृतकका आफन्तले भने उनीहरुले शवको केही भाग एक व्यक्तिलाई बिक्री गरेको आरोप लगाएका छन् । गौशाला प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका ढकालले जलाउने क्रममा बाँकी रहेको हड्डी एक नागरिकलाई दिएको स्वीकार गरेका छन् ।
उनले प्रहरीसितको बयानमा भनेका छन्, ‘‘हड्डी मासुको बिक्री गरेको होइन । म ०५५ सालदेखि नै शव जलाउने काममा छु । शुक्रबार पनि शव जलाउँदा जलाउँदै एक नागरिकले घरको पूजाका लागि मृत मानिसको हड्डी चाहिएको छ भनेर मागेपछि सानो भाग दिएको हुँ ।
भेटी भनेर पाँचसय रुपैयाँ दिनुभएको हो । मैले मृतकका आफन्तलाई समेत यही जानकारी दिएको थिएँ ।तर, मृतकका आफन्तलाई भने त्यो चित्त नबुझेपछि प्रहरीलाई खबर गरेका हुन् । सोही आरोपमा उनीहरु पक्राउ परेका छन् ।
प्रहरीले हड्डी लिने व्यक्तिको समेत खोजी थालेको छ । हड्डीको मात्रा कति दिइएको हो र लिएका व्यक्तिले के प्रयोजनका लागि लिएको भन्ने अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेको बनेपा ९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालिएको आफन्तको आरोप छ ।
शव जलाउने प्रक्रियामा सामान्यतया परिवारजन र नातेदारहरू मात्र सहभागी हुन्छन् । तर, केही घटनामा बाहिरी व्यक्तिहरूको अस्वाभाविक घुसपैठ, आर्थिक लेनदेन, तथा अवाञ्छित तस्बिर/भिडियो खिच्ने जस्ता गतिविधि भएको जानकारी सार्वजनिक भएको छ । यसले मृतकको सम्मानमा आघात पुर्याउने मात्र होइन, शोकाकुल परिवारको गोपनीयता र धार्मिक संस्कारको पवित्रतालाई समेत चुनौती दिन्छ ।
पशुपति क्षेत्र केवल पर्यटकीय गन्तव्य मात्र होइन, नेपाली समाजको धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्र हो । संवेदनशील स्थल भएकै कारण यहाँ सुरक्षाकर्मी, गुठी संस्था, र संस्कार समितिबीच समन्वय अझै कडाइका साथ लागू हुनुपर्छ ।
यस्ता घटनामा सम्भावित कारणहरूमा असंगठित व्यवस्थापन, निगरानीको कमी, तथा स्थलको संवेदनशीलता प्रतिको बेवास्ता पर्छ ।
प्रहरीले पशुपति क्षेत्रबाट ४१ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। मन्दिर आसपास शंकास्पद गतिविधि गरिरहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको गौशाला प्रहरीले जनाएको छ।
भोलि (साउन २६ गते) साउनको अन्तिम सोमबार भएकाले पशुपति मन्दिरमा भक्तजनको ठूलो भीड हुने र पकेटमार सक्रिय हुने सम्भावना रहेकाले यसअघिनै कारबाही गरिएको हो।
प्रहरीका अनुसार, पटक–पटक पकेटमारी र चोरीको कसुरमा पक्राउ परेर छुट्दै आएका तथा हाल पनि शंकास्पद गतिविधि गरिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। उक्त कारबाहीका लागि प्रहरीले ‘स्विप अपरेसन सञ्चालन
त्यहाँ कुनै पनि अस्वाभाविक गतिविधि वा शंकास्पद व्यक्तिको घुसपैठले मात्र स्थलको सुरक्षा होइन, श्रद्धालुहरूको मानसिक शान्ति र विश्वासमा समेत आघात पुर्याउँछ । पछिल्ला वर्षहरूमा चोरी, अवाञ्छित तस्बिर खिच्ने, मादक पदार्थ सेवनजस्ता घटनाले यसको पवित्र छवि धमिल्याउने काम गरिरहेका छन् ।
यस पटक पक्राउ परेका व्यक्तिको उद्देश्यमाथि विस्तृत अनुसन्धान हुनुपर्छ । यदि उनी आपराधिक गतिविधिमा संलग्न थिए भने कानुनी कारबाही अवश्य आवश्यक छ । तर, यसलाई केवल एकल घटना ठान्नु हुँदैन । यो सुरक्षा व्यवस्थामा रहेको कमजोरीको संकेत हो ।
पशुपति क्षेत्रजस्तो विश्व सम्पदा सूचीमा परेको स्थलमा २४ घण्टा निगरानी, पर्याप्त प्रशिक्षित सुरक्षाकर्मीको तैनाथी, र सीसीटीभी प्रणालीको प्रभावकारी प्रयोग अनिवार्य छ ।
पशुपति आर्यघाट केवल संस्कारस्थल मात्र होइन, देशकै सांस्कृतिक र धार्मिक सम्पदा हो । त्यसैले यहाँ हुने प्रत्येक क्रिया-कलाप धार्मिक नियम, सामाजिक मर्यादा र मानवताको आधारमा हुनु अनिवार्य छ ।
सम्बन्धित निकायले तत्काल निगरानी कडा पार्नु, सीसीटीभी प्रणाली प्रभावकारी बनाउन र शंकास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही गर्नु आजको आवश्यकता हो । मृतकको सम्मान रक्षा गर्नु मात्र होइन, समाजमा धार्मिक स्थलप्रति विश्वास कायम राख्नु पनि हाम्रो साझा जिम्मेवारी हो ।