बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

जेन–जी (Gen–G) समूहले जनप्रतिनिधि तथा कर्मचारीहरूलाई भ्रष्टाचार र अनियमितताबारे ज्ञापन पत्र बुझाएको घटना चर्चा योग्य

banner add
writter
सोम, २० असोज २०८२
(Shares)

 स्थानीय सरोकार/कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा हालै जेन–जी (Gen–G) समूहले जनप्रतिनिधि तथा कर्मचारीहरूलाई भ्रष्टाचार र अनियमितताबारे ज्ञापन पत्र बुझाएको घटना चर्चा योग्य बनेको छ।

सुशासन र पारदर्शिताका पक्षमा युवाहरूको जागरणका रूपमा गरिएको यो पहलले स्थानीय तहमा उत्तरदायित्व र जवाफदेहिताको संस्कृति बलियो बनाउन सन्देश दिएको छ।

ज्ञापनमार्फत समूहले सार्वजनिक खर्च, योजना छनोट, ठेक्का प्रक्रिया र सेवा प्रवाहमा देखिएका कमजोरी सुधार्न माग गरेको छ। यस्ता नागरिक सचेतना अभियानहरूले जनप्रतिनिधि र प्रशासनिक संरचनालाई जिम्मेवार र पारदर्शी बन्न प्रेरित गर्छन्। लोकतान्त्रिक शासन व्यवस्थाको सार नै जनताप्रति उत्तरदायी शासन हो, जसमा यस्तो सक्रियता लोकशाही सुदृढीकरणको सकारात्मक अभ्यास हो।

बुधबार जेन–जी विद्यार्थीले लालझाडीमा भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै रोक्न ज्ञापनपत्र बुझाएका हुन्। लालझाडी स्वतन्त्र युवा जेन–जी समूहका संयोजक नारायण रानाले गाउँपालिका जनताको विकास निर्माणभन्दा भ्रष्टाचारमा लिप्त भएकाले चालू आर्थिक वर्षको सुरुवातमै ध्यानाकर्षण  गराएको बताए।

भ्रष्टाचार, कमिसनतन्त्रकै कारण सिंगाे गाउँपालिका बदनाम हुनुका साथै सबै क्षेत्र अस्तव्यस्त भएकाले समयमै भ्रष्टाचार रोक्नुपर्ने उनीहरूको भनाइ छ। राष्ट्रिय स्तरका पत्रिकामा सूचना प्रकाशित गरेर तथा अन्य सबै योजनामा कर्मचारी र जनप्रतिनिधि मिलेर कमिसन खाने गरेको आरोप लगाउँदै उनीहरूले पालिका समृद्धिको साटो दुर्गतितर्फ उन्मुख भएको बताएका छन्।

जनप्रतिनिधि र कर्मचारीहरूले जनताको यस्ता सुझावलाई आलोचना होइन, सुधारको अवसरका रूपमा लिन सक्नुपर्छ। प्रशासनिक पारदर्शिता, अख्तियारको सदुपयोग र नागरिकसँगको नियमित संवाद नै सुशासनको मापदण्ड हो।

लालझाडीको यो पहल देशका अन्य स्थानीय तहका लागि पनि उदाहरण बन्न सक्छ । जहाँ नागरिक र राज्य संयन्त्रबीचको सहकार्यले विकास र इमानदारीको बाटो खुल्छ। भ्रष्टाचार नियन्त्रणका लागि कानुनी संरचना मात्र होइन, जनचेतना र सामाजिक दबाब पनि उत्तिकै प्रभावकारी हतियार हुन्।

ads
ads
add
banner add

सम्बन्धित खबर