बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

सिंहदरबार पुनर्निर्माण गर्न उपत्यका मेयर्स फोरमले पाँच करोड सहयोग गर्ने

banner add
writter
शनि, ११ असोज २०८२
(Shares)

काठमाडौं । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडका घटनाको छानबिन गर्दै दोषीहरूमाथि कडा भन्दा कडा कारबाहीको माग गरेको हो ।

जेन–जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको ऐतिहासिक सिंहदरबार पुनर्निर्माणका लागि उपत्यका मेयर्स फोरमले पाँच करोड सहयोग गर्ने भएको छ।

बिहीबार बसेको फोरमको बोर्ड बैठकले उक्त निर्णय गरेको हो। शुक्रबार उक्त निर्णय सार्वजनिक गर्दै मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले सिंहदरबार र प्रहरी कार्यालयहरू पुनर्निर्माण गर्न सहयोग गर्ने निर्णय भएको बताए।

जेनजी पुस्ताले देशमा भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने माग राख्दै भएको आन्दोनलमा घुसपैठ भएको फोरमको निष्कर्ष रहेको काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी गराएका छन् ।

महर्जनका अनुसार उपत्यका प्रहरी कार्यालय पुनर्निर्माणका लागि एक करोड दिने निर्णय पनि भएको छ। यसैगरी, उपत्यकाका प्रहरी वृत्त, प्रभाग र चौकी तथा स्थानीय तहको भवन पुनर्निर्माणका लागि क्षतिको विवरण हेरेर आर्थिक सहयोग गर्ने निर्णय गरिएको उनले बताए।

ads
ads
add
banner add

सम्बन्धित खबर