सोम, २९ भदौ २०८३ / September 14, 2026, Monday
सोम, २९ भदौ २०८३
Advertisement
banner add

ट्रफी जित्ने लक्ष्य पूरा गर्न सफल भयौं : कप्तान सन्दीप

banner add
writter
सोम, २९ भदौ २०८३
(Shares)

काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मलेसिया जाने क्रममा गरेको वाचा पूरा गर्न सफल भएको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान लामिछानेले मलेसियामा पुगेर नेपाली टोलीलाई समर्थन गर्ने समर्थक तथा देशभरबाट साथ र हौसला दिने सबैलाई धन्यवाद व्यक्त गरे।

उनले मलेसिया जानुअघि टोलीले ट्रफी जितेर स्वदेश फर्किने वाचा गरेको र त्यो वाचा पूरा गर्न सफल भएको बताए।

हामी जाँदा एउटा वाचा गरेका थियौं । ट्रफी लिएर नेपाल फर्किने। आज त्यो वाचा पूरा गर्न सफल भएका छौं। यो सबै नेपाली समर्थकको माया र साथको परिणाम हो,’ उनले भने।

लामिछानेले उपाधि जित्नुमा खेलाडीको मेहनतसँगै नेपाली समर्थकको निरन्तर साथ र हौसला महत्वपूर्ण रहेको बताए।

ads
ads
add
banner add

सम्बन्धित खबर