काठमाडौं, त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो
देखिने वस्तु करिब १ किलो ५ सय ३० ग्राम सहित भारतीय नागरिक ३३ वर्षीय PADALA भन्ने VEERA
VENKATA SUBRAMANYAM गए राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा
बैंककबाट काठमाडौं आएका उनलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा
कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।
साथै उक्त लागूऔषध रिसिभ गर्न आएका भारतीय नागरिक ABDUL RAHUF र YASIN
ABDULLA लाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक
अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।
गौरीगंगा नगरपालिका-८ बढैपुरबाट
अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ३० मिलिग्राम
सहित सोही ठाउँ बस्ने २९ वर्षीय इन्द्र सिंह धामीलाई आइतबार राति प्रहरीले पक्राउ
गरेको छ । इलाका प्रहरी कार्यालय मसुरिया र
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पथरीशनिश्चरे नगरपालिका-१
सुनाखरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित
२ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही
नगरपालिका-१ बस्ने २४ वर्षीय धिरज गुरुङ र सोही ठाउँ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-२
घर भएका २५ वर्षीय सन्दिप लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट
खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई
पक्राउ गरेको हो ।
राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट
अवैध लागूऔषध गाँजा करिब १ सय २४ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर तामाङ र ३१
वर्षीय हिरालाल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको
प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१ प ७८५९, लु.२६प
६६९२ र ना. ५५प ७२३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ
गरेको हो । साथै प्रहरीले हाल फरार ना.६१प ७८५९ नम्बरको मोटरसाइकलामा सवार २ जनाको
खोजी गरिरहेको छ ।
घोराही उपमहानगरपालिका-१७ संगम
टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम
सहित सोही ठाउँ बस्ने २६ वर्षीय लक्ष्मण नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ
गरेको छ । अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित
पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका-६
डिहिकोपाटनबाट नियन्त्रित लागूऔषध डाइजेपाम २५ एम्पुल, फेनारगन
२५ एम्पुल, नोर्फिन २५ एम्पुल र
नगद २६ हजार ४ सय १० रूपैयाँ सहित सोही ठाउँ बस्ने रामेछाप घर भएका ३६
वर्षीय चन्द्र बहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी
कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गेरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।