मङ्गल, ०२ असार २०८३ / June 16, 2026, Tuesday
मङ्गल, ०२ असार २०८३
Advertisement
banner add

चितवनमा अपहरण, काठमाडौंमा उद्धार : पाँच भारतीय नागरिक प्रहरी नियन्त्रणमा

banner add
writter
मङ्गल, ०२ असार २०८३
(Shares)

काठमाडौं । चितवनको नारायणगढबाट अपहरणमा परेका १६ वर्षीय बालकलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार सोमबार (असार १) साँझ पाँच–छ जनाको समूहले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरी बालकलाई अपहरण गरेको थियो। अपहरणपछि उनीहरू बालकलाई काठमाडौं ल्याएर एक होटलमा बन्धक बनाई परिवारसँग फिरौती रकम मागिरहेका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार बालक अपहरण गरी परिवारसँग रकम मागिएको सूचना प्राप्त भएपछि खोजतलास तीव्र पारिएको थियो। सोही क्रममा काठमाडौंको बसपार्क क्षेत्रस्थित एक होटलबाट बालकको सकुशल उद्धार गरिएको हो।

घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्यका सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद तथा अर्का गोलु कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमि तथा घटनाको थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर