बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

छत्रकोट गाउँपालिकाको प्रशासनिक भवन ९० प्रतिशत काम पूरा, छिटै सेवा प्रवाहमा सहजता आउने छ -उपाध्यक्ष ज्ञवाली

banner add
writter
बिहि, २० कात्तिक २०८२
(Shares)

स्थानिय सरोकार/गुल्मी । छत्रकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। गाउँपालिकाले प्रशासनिक सेवा एकीकृत रूपमा प्रदान गर्नका लागि निर्माणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। हाल संरचनाको मुख्य भाग लगभग सम्पन्न भइसकेको र भित्री सजावट तथा आवश्यक प्राविधिक कामहरू तीव्र गतिमा भइरहेको जनाइएको छ।

बि.सं. २०८० माघ १७ गते शिलान्यास गरिएको अत्याधुनिक प्रशासनिक भवन निर्माण गरी निर्धारित समयमा नै गाउँपालिकालाई हस्तान्तरण गर्ने गरी निर्माण व्यवसायीले काम गरेको बताइएको छ । 

बि.सं. २०८० मङ्सिर ८ गते भएको सम्झौता अनुसार भवन निर्माणको काम आगामी मङ्सिर ७ गतेसम्म सम्पन्न गरेर सक्नुपर्ने छ । तोकिएकै समयमा गाउँपालिकालाई भवन हस्तान्तरण गर्ने गरी भवन निर्माणको काम भइरहेको छ । 

गाउँपालिकाले अम्बे माँ बलदेभव जेभि भरतपुर–९,  चितवनसँग २०८२ मङ्सिर ७ गते भित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो । 

कुल लागत सम्झौता नौ करोड १० लाख ९९ हजार ४३५ रुपियाँ १२ पैसा रहेको सो भवनको निर्माण कार्यका लागि संघीय सरकारबाट पाँच करोड ४० लाख रुपियाँ र तीन करोड ७० लाख ९९ हजार ४३५ रुपियाँ १२ पैसा छत्रकोट गाउँपालिकाबाट व्यवस्थापन गर्ने गरी अगाडी बढाइएको हो ।

यस गाउँपालिकाको वडा–३, भेँडुवामा तीव्र गतिमा निर्माण भइरहेको अत्याधुनिक प्रशासनिक भवनको ९० प्रतिशत   भवन निर्माण भैसकेको जस्मध्ये भवनमा रंगरोगन र ढोका राख्न बाँकी रहेको यसै गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले जानकारी दिनुभयो । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४  स्थानीय सरकारहरूले आफ्ना प्रशासनिक कार्यहरू सुचारु गर्न आवश्यक भौतिक पूर्वाधार तयार गर्नुपर्ने हुन्छ। यसै क्रममा छत्रकोट गाउँपालिकाले दीगो र सस्तो उर्जा प्रणालीसहितको भवन निर्माणलाई नमूना परियोजना बनाएको छ।

“ विकास निर्माण, समृद्धि र पुनःनिर्माणमा स्थानीय सरकारकको बलियो आधार ” अनुरुप  भौतिक निर्मण सँगै अन्य धेरै काम भएको उपाध्यक्ष ज्ञवालीले बताउनु भयो।
भवन सम्पन्न भएपछि सेवा प्रवाहमा सहजता आउने, नागरिकलाई एउटै ठाउँबाट सम्पूर्ण प्रशासनिक सेवा उपलब्ध गराउन सकिने र स्थानीय प्रशासनिक कार्यमा पारदर्शिता र जिम्मेवारी बढ्ने अपेक्षा गरिएको छ।

स्थानीय जनप्रतिनिधि र प्रशासनले कामको गुणस्तर र समयसीमामा विशेष ध्यान दिँदै निर्माणको नियमित अनुगमन गरिरहेको जानकारी दिएका छन्। छत्रकोट गाउँपालिकाको यो प्रयास स्थानीय विकास र सुशासनको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर