शुक्र, १३ कात्तिक २०८३ / October 30, 2026, Friday
शुक्र, १३ कात्तिक २०८३
Advertisement
banner add

धुर्कोटमा सुशासन र शिक्षा क्षेत्रमा परिवर्तन आवश्यक छ : पदम बिष्ट

banner add
writter
शुक्र, १३ कात्तिक २०८३
(Shares)

गुल्मी । धुर्कोट गाउँपालिका–३ का पूर्व वडाध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशका पूर्व सदस्य पदम बिष्टले धुर्कोटको समग्र विकासका लागि सुशासन, शिक्षा र सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताएका छन्।
विशेष कुराकानीका क्रममा बिष्टले स्थानीय तहमा सुशासन कायम गर्दै सरकारी सेवा प्रवाहलाई पारदर्शी, सहज र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिएका हुन्।
उनले धुर्कोटको विकासलाई भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित राख्न नहुने उल्लेख गर्दै शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार, गुणस्तरीय शिक्षण, प्रविधिमैत्री शिक्षा र विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, स्थानीय सरकारले जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर योजना निर्माण तथा कार्यान्वयन गर्नुपर्ने उनले बताएका छन्। विकास निर्माणमा पारदर्शिता, बजेटको सही सदुपयोग र जनप्रतिनिधिको जवाफदेहिता सुनिश्चित हुन सके मात्रै नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाउने उनको धारणा छ।

ads
ads
add
banner add

सम्बन्धित खबर